×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ऋण फिर्ता नगर्ने ११ सहकारी कालो सूचीमा, सबैखाले सरकारी सुविधा रोकिने ! (पत्रसहित)

समयमा ऋण फिर्ता नगर्ने ११ वटा सहकारी संस्था कालो सूचीमा परेका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट ऋण लिएर समयमा नतिर्ने डिभिजन सहकारी कार्यालय उदयपुर अन्तरगतका ११ सहकारी संस्थाहरु कालो सूचीमा परेका हुन् । सम्झौता बमोजिम कोषको रकम समयमा फिर्ता नगरेको भन्दै सचिवालयले ओखलढुंगाका ३, उदयपुरका ६, खोटाङ र सोलुखुम्बुका १–१ गरि ११ सहकारी संस्थालाई कालोसूचीमा राखेको हो ।
ओखलढुंगाका ककनी गौरीवन कृषि सहकारी, नागरिक बचत तथा ऋण सहकारी, मानेभञ्ज्याङ बचत तथा ऋण सहकारी, उदयपुरका हिमालय कृषि सहकारी, कोशि कृषि सहकारी, कञ्चन महिला बहुउद्देश्यीय सहकारी, संजिवनी बचत तथा ऋण सहकारी, ठोक्सीला बचत तथा ऋण सहकारी, सुम्निमा बचत तथा ऋण सहकारी,खोटाङको हलेसी बचत तथा ऋण सहकारी र सोलुखुम्बुको दुधकोशी बचत तथा ऋण सहकारी संस्था समयमा ऋण फिर्ता नगरेर कालो सुचीमा परेका हुन् ।
आफ्नो क्षेत्रभित्र बसोबास गर्ने युवाहरुलाई विना धितो अधिकतम् २ लाखसम्म कर्जा लगानी गरि स्वरोजगार बनाउने उद्धेश्यले लिएको ऋण फिर्ता नगरेकाले कारबाही प्रकृया अघि बढाईएको युवा स्वरोजगार कोष ओखलढुंगाका सदस्य सचिव हरिप्रसाद लुइटेलले बताए । उनका अनुसार कोषले २०७३ असार मसान्तसम्म फिर्ता गर्नुपर्ने रकम फिर्ता नगर्ने सहकारीहरु कालो सूचीमा राखेको हो ।
सरकारी सुविधा रोकिने
कालोसूचीमा परेका सहकारीका सञ्चालक समिति, लेखा समिति र कर्जा उपसमितिका पदाधिकारीको सरकारी सुविधा रोकिने भएको छ । कोष सञ्चालन नियमावली, कर्जा लगानी निर्देशिकाका आधारमा कोष र सहकारी बीचको सम्झौता अनुसार रकम भुक्तानी नगर्दासम्म उनीहरुले पाउने सबै सरकारी सेवा सुविधा रोक्न सचिवालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिसकेको छ ।
कोषको जिल्ला संयोजन तथा अनुगमन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । अनुगमन समितिको संयोजकले अनुगमन गरेर थप कारबाही प्रकृया अघि बढाउने जनाईएको छ । – नयाँ पत्रिका 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: