×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एसियन लाइफ इन्सुरेन्स कम्पनीको कर्तुत – २ : जनताको पैसामा ठाडो मनपरी, डिल्लीबजारमा घर किन्दा यस्तो घोटाला !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सूचनामा खेलेर मनपरी गर्दा पनि धीतोपत्र बोर्डले कारवाही गर्न नसकेपछि आफुलाई इन्सुरेन्स क्षेत्रको ‘डन’ नै सम्झने एसियन लाइफ इन्सुरेन्सको अर्को कर्तुत सार्वजनिक भएको छ । जनताको पैसामा ‘होली’ खेल्न पल्किएका कम्पनीका केहि सिमित व्यक्तिको मिलेमतोमा एसियन लाइफ इन्सुरेन्सले डिल्लीबजारमा ‘वान वे’ भएको र पार्कीङसमेत नभएको ठाउँमा करोडौं रुपैयाँ हालेर भवन किनेको खुलासा भएको छ । अर्थ सरोकार डटकमलाई कम्पनीका एक कर्मचारीले उपलब्ध गराएको गोप्य सुचना अनुसार कम्पनीको कर्पोरेट अफिस भएको कार्यालयमा कम्पनीका अध्य्क्षको समेत मिलेमतोमा पार्कीङ नभएको भवनलाई निकै महँगो मूल्य हालेर किनिएको थियो । स्रोतका अनुसार त्यसरी कम्पनीले तिरेको मूल्यमा कसैले पनि नकिन्ने मूल्य तिरेर मिलेमतोमा किनिएको भवनमा पार्कीङ स्पेस नभएपछी हाल मासिक ५०००० रुपैयाँ तिरेर पार्कीङ स्पेस किनिएको छ । 
अध्यक्ष र सीइओको मिलेमतोमा काम, बीमा समितिसम्म पुग्यो केस !
यता कम्पनीका अध्यक्ष बिजय कुमार सरवागी र कम्पनीका सीइओ राजेश कुमार श्रेष्ठको मिलेमतोमा दलालमार्फत आएको प्रस्तावलाई कागजमा मिलाएर उनीहरुले मिलेमतोमा नै उक्त घर किनेका हुन् । जनताको पैसाको दुरुपयोग गरेर कम्पनीले यस्तो गलत काम गरेको भन्दै कम्पनीका अध्यक्ष र सीइओविरुद्ध कम्पनीका कर्मचारी नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा उजुरी लिएर पुगेको समेत कम्पनीका सञ्चालकले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । यता बीमा समितिमा भने केस पुगेको तर बीमा समिति यस विषयमा मौन बस्न खोजेको समेत बुझिएको छ । केहि समय अघिमात्र सुचना चुहाएर करोडौंको चलखेल गरेको आरोप कम्पनीका सीइओ र अध्यक्षलाई लागेको थियो ।
नक्सालमा कम्पनीको यस्तो दादागिरी ! बोल्नै मान्दैन कम्पनी !
यता कम्पनीले नक्साल भगवती मन्दिर नजिकै जग्गा किनेर स्थानीयमाथि ज्यादती गर्न सुरु गरेको खबर प्राप्त भएको छ । तत्कालीन बिजनेश युनिभर्सल डेभलोपमेन्ट बैंक लिमिटेडको साइडबाट झन्डै १२-१४ फिटको मात्र इन्ट्रान्स भएको ठाउँमा १४ करोड मूल्य तिरेर जग्गा किनिएको छ । स्थानीयले दियेकू जानकारी अनुसार उक्त जग्गा किनेपछी आफुहरुले जे पनि गर्न सक्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै स्थानीय बासीन्दा र केहि सेकुवा पसलहरुलाई उनीहरुको जग्गा आफुलाई बेच्न समेत दवाव दिइएको छ । 
यस विषयमा हामीले कम्पनीको आधिकारिक धारणा लिन खोजेका थियौं । तर बिहिबार र शुक्रबार हामीले कम्पनीका आधिकारिक व्यक्तिसँग धारणा माग्न खोज्दा पनि कोहि सम्पर्कमा आएनन् । त्यसपछि हामीले कम्पनीमा फोन गरी सम्बन्धित व्यक्तिलाई फोन ट्रान्सफर गराईदिनु भन्ने आग्रह गर्यौं । तर कम्पनीका कर्मचारीले आफुहरुलाई यस विषयमा केहि पनि थाहा नभएको र कम्पनीमै आएर बुझ्नु भनी फोन राखीदिइन् । 
स्मरण रहोस् यो कम्पनीले केहि समय अगाडी मात्र सुचनामा खेलेर करोडौंको चलखेल गरेको खबर बाहिर आएको थियो ।
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: