
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कहिले सुचनामा खेलेर त कहिले संस्थागत अनुसाशन मिचेर पछिल्लो समय सबैभन्दा विवादित इन्सुरेन्स कम्पनी बनेको एसियन लाइफ इन्सुरेन्स कम्पनीमा एक सञ्चालक गैरकानुनी रुपमा पदमा बसेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७४ को इ प्रा निर्देशन नम्बर ६/०७४ अन्तर्गत संस्थागत सुशासन सम्बन्धि व्यवस्था को खण्ड ३ मा स्पष्टसँग एउटा बैंक तथा वित्तीय संस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने व्यक्ति अर्को कुनै पब्लिक कम्पनी वा इन्सुरेन्स कम्पनीको सञ्चालक हुन नपाउने भनी स्पष्ट लेखिएको छ । तर गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकार प्रयोग गरेका दिनेश लाल श्रेष्ठ अझै पनि एसियन लाइफ इन्सुरेन्सको सञ्चालक पदमा बसीरहेका छन् ।
हेर्नुहोस् उनी एसियन लाइफ इन्सुरेन्समा संचालक रहेको प्रमाण :

अव हेर्नुहोस् उनले गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्समा कार्यकारी अधिकारसहितको पद लिएको प्रमाण

अव हेर्नुहोस् नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकामा संस्थागत सुशासन सम्बन्धि व्यवस्थाको खण्ड ३ मा उल्लेख भएको नियम :

के भन्छ नियामक ? बोल्न मान्दैन कम्पनी !
यस विषयमा हामीले नेपाल राष्ट्र बैंकमा बुझेका थियौं । ‘राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका अक्षरस पालना हुनुपर्छ । एउटा बैंक तथा वित्तीय संस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने मान्छे, अर्को पब्लिक कम्पनीमा सञ्चालक हुन पाउँदैन ।’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने । यता यस विषयमा हामीले कम्पनीमा बुझ्दा भने कम्पनीका कोहि व्यक्ति पनि यस विषयमा बोल्न चाहेनन् । एसियन लाइफ इन्सुरेन्समा भएका विभिन्न घोटाला र चलखेलका घटना अर्थ सरोकार डटकमले एक एक गरी सार्वजनिक गर्न थालेपछी कम्पनीले अर्थ सरोकार डटकमलाई कुनै पनि प्रतिक्रिया दिन चाहिरहेको छैन ।
एसियन लाइफ इन्सुरेन्सका यी समाचार छुटे कि ?