×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामदार ठग्नेलाई बिष्टले यसरी पाता कस्ने, अब श्रमिकको तलव बैंक खाताबाट दिने

PRIME CA

कामदार ठग्नेलाई बिष्टले यसरी पाता कस्ने, अब श्रमिकको तलव बैंक खाताबाट दिने

१८ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सरकारले सबै श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने व्यवस्था गर्ने भएको छ । श्रम मन्त्री गोकर्ण बिष्टले नयाँ श्रम नियमावली ल्याउन लागेका हुन् ।
श्रम तथा रोजगार मन्त्रालयले तोकिएको र सम्झौता बमोजिम पनि कामदारलाई पारिश्रमिक नदिने रोजगारदाताहरुलाई कस्न यस्तो व्यवस्था गर्न लागेको हो । यस्तो भएमा न्युनतम् पारिश्रमिक लागू हुने र कागजमा मात्रै धेरै तलव देखाउने तर, नदिने प्रवृत्ति अन्त्य हुने विश्वास सरकारको छ ।
विद्यालय, अस्पताल, बैंक तथा वित्तीय संस्था र केही प्राइभेट ब्यापारिक र्फममा काम गर्ने कामदारहरु अत्यन्तै कम पारिश्रमिकबाट पीडित हुनुपर्ने अवस्था देखिएपछि सरकारले यो तयारी थालेको हो ।
‘निजी अस्पतालहरुले नसर्हहरुलाई २५ हजारको तलब दियौं भनेर देखाए पनि तर, ९ हजार पनि नदिने रहेछन्,’ मन्त्रालय स्रोतले भन्यो,’निजी विद्यालयमा पढाउनेहरु पीडित छन् । कागजमा धेरै तलव दिएको देखाउने काम भने भइरहेको छ । त्यसैले बैंकमार्फत नै तलव भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न लागेका हौं ।’
यो व्यवस्थापछि कम्पनी तथा र्फमहरु नवीकरण गदा बैंकमार्फत दिएको कर्मचारीको तलव विवरण बुझाउनुपर्नेछ । यदि न्युनतम् पारिश्रमिक लागू नगर्नेहरुलाई सरकारले श्रम अडिटमार्फत कारवाही पनि गर्न सक्नेछ ।
यो व्यवस्थापछि सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम पनि बढ्नेछ । अहिले धेरै र्फमहरुले समाजिक सुरक्षा कोषका लागि कामदारको तलवबाट १ प्रतिशत समाजिक सुरक्षा रकम काटे पनि जम्मा गरिरहेका छैनन् । जम्मा गर्नेहरुले पनि तलव कम देखाएर फाइदा लिइरहेका छन् ।
यसैगरी सरकारले साउन १ गतेदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक तोकेर लागू गराउन गृहकार्य पनि गरिरहेको मन्त्रालयका सहसचिव कृष्ण ज्ञावालीले जानकारी दिए । त्यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ ।
सरकारले अब मजदुरको न्युनतम् तलव १५ हजारभन्दा माथि लैजाने योजना बनाएको छ । तर, समितिले गर्ने सिफारिसका आधारमा मन्त्रालयले त्यसको अन्तिम निर्णय लिनेछ । ट्रेड युनियनहरुले पनि अहिले ९ हजार ७ सय रुपैयाँ रहेको न्युनतम तलवले श्रमिक बाच्नसक्ने अवस्था नरहकाले १५ हजारभन्दा बढी बनाउन माग गरिरहेका छन् ।
यसपटक घरेलु कामदारको पनि तलब तोक्ने तयारी भइरहेको छ । अहिलेसम्म औद्योगिक र संस्थागत मजदुरका लागि मात्रै न्युनतम् तलव तोक्ने गरिएकोमा अब भने घरेलु कामदारको तलव पनि तोक्निे गरी श्रम मन्त्री बिष्टले काम अघि बढाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: