×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मार्ने-मर्ने कुरासम्म पुग्यो सानिमा बैंक प्रकरण : नक्कली हस्ताक्षर गर्ने रेणुकाका श्रीमानले दिए यस्तो धम्की ! (अडियोसहित)

अर्थ सरोकार

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार

PRIME CA

मार्ने-मर्ने कुरासम्म पुग्यो सानिमा बैंक प्रकरण : नक्कली हस्ताक्षर गर्ने रेणुकाका श्रीमानले दिए यस्तो धम्की ! (अडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सानिमा बैंकको नक्कली हस्ताक्षर प्रकरण अव मान्छे सिध्याउने वा कसैको जिन्दगी नै बर्बाद बनाइदिने धम्कीसम्म पुगेको छ । छिमेकी रेणुका खड्काले बिमला दुलालको हस्ताक्षर किर्ते गरेको स्वीकारीसक्दा पनि बैंकले आफ्नो गल्ती लुकाउन  यो प्रकरणलाई ढाकछोप गर्ने र बिमला दुलालको पैसा नदिने गरेपछि अहिले रेणुका खड्काका श्रीमान् ले बिमला दुलाललाई उनको जिन्दगीनै सखाप पारिदिने धम्कि दिएका छन् ।  उनले थुप्रै ठाउँमा अश्लील शब्द समेत बोलेर बिमलालाई थर्काएका छन् ।
सानिमा बैंकले पटक पटक आफुलाई पत्र काट्न थालेको भन्दै त्यसको झोंक उनले पीडीत दुलाललाई पोखेका छन् । यसका कारण बिमला दुलालको परिवार मानसिक तनावमा समेत परेको छ । ‘रेणुकाका श्रीमानले फोन गरेर पटक पटक धम्की दिएका छन् । यसले हाम्रो परिवार टर्चरमा छ । मेरो पढाइमा असर गरेको छ ।’ पीडीत बिमला दुलालका छोराले अर्थ सरोकार डटकमसँग भने ।
उनका अनुसार आफुलाई सानिमा बैंकले पीडीत बनाएका बेला नक्कली हस्ताक्षर गर्ने रेणुका खड्काका श्रीमानले दिएको धम्कीले झन् ठुलो तनाव परेको बताएका छन् । ‘एकातिर पैसा फसेको छ, अर्कोतिर बारम्बार धम्कीपूर्ण फोन आउन थालेको छ । बारम्बार मार्ने, जिन्दगी सक्याईदिने सम्मको धम्की आउन थालेको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पीडीत विमलाका छोराले भने ।
सुन्नुहोस् रेणुका खड्काका श्रीमानले फोन मार्फत दिएको धम्की !  
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: