×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वाधिक विवादमा आएको फाइनान्स कम्पनी मञ्जुश्रीको बुधबार साधारण सभा, ५.७१% बोनस प्रस्ताव पेस गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सर्वाधिक विवादमा आएको फाइनान्स कम्पनी मञ्जुश्रीको बुधबार साधारण सभा, ५.७१% बोनस प्रस्ताव पेस गर्दै

१९ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सीइओको मनपरीका कारण अत्याधिक विवादमा आएको फाइनान्स कम्पनी मञ्जुश्री फाइनान्सको साधारणसभा असार २० गते हुने भएको छ । कम्पनीले सभामा ५.७१% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांशको प्रस्ताव पनि पेश गर्नेछ ।  कम्पनीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ खर्च गर्नेछ भने नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ । 
बोनसपछि चुक्ता पुँजी बृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने अर्को प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत राखिएको छ । 
साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ४ गते बुक क्लोज गरिसकेको छ । असार ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५०० रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २१० रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी