
- अर्थ सरोकार सम्बाददाता
चितवन – भरतपुरको एक सहकारीमा चोरी भएको छ । भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । सोमबार बिहान कार्यालय खोल्दा चोरी भएको पत्ता लागेको सहकारीका कर्मचारीले अर्थ सरोकारलाई बताए । संस्थाकिअध्यक्ष सरस्वती शाहका अनुसार आइतबार संकलन भएर सहकारीमा राखेको पाँच लाख रुपैया चोरी भएको हो । ‘पैसा राखेको भल्ट (सेफ) नै फोडेर चोरी भएको छ। अफिसमा सिसी क्यामेरा पनि थिए। तर सबै सिसी क्यामेरा र कन्ट्रोल बक्स नै चोरिएको छ,’ अध्यक्ष शाहले भनिन्।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशिलसिंह राठौरले बताएका छन् । ‘प्रभातसहित नौवटा सहकारीमा चोरी भएको हामीलाई जानकारी आएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’ राठौरले अर्थ सरोकारसँग भने । यता जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले आफुलाई पनि चोरीको जानकारी आएको र चितवनमा सहकारी चोरीका घटना बढेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्