Skip to content
LAXMI SUNRISE BANK

नेपाल बहुउद्देशीय सहकारीका कर्मचारी वेपत्ता, आफ्नै खाताबाट २५ हजार रुपैयाँ निकालेर कहाँ गए तेजु बराल ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
विर्तामोड- विर्तामोडस्थित एक सहकारीका बजार प्रतिनिधि वेपत्ता भएका छन् । विर्तामोडस्थित नेपाल बहुउद्देशीय सहकारी (एनएमसी) का बजार प्रतिनिधि तेजु बराल केहि दिनदेखि बेपत्ता भएका हुन् । कार्यलयकै कामका लागि भनेर हिंडेका उनी साउन ९ गतेदेखि परिवारको सम्पर्क छैनन् । आफ्नो परिवार सदस्य एकाएक वेपत्ता भएपछि परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडमा खोजी गरिदिन आग्रह गर्दै निवेदनमा दिएको परिवार स्रोतले जानकारी दिएको छ । आफ्नै खाताबाट २५ हजार रुपैयाँ निकालेर उनी वेपत्ता भएका हुन् । 
यता परिवारले आफ्ना कर्मचारी वेपत्ता हुँदा पनि सहकारीले कुनै पनि चासो नदिएको आरोप लगाएका छन् । वेपत्ता भएका तेजु बरालका बुबा दुर्गा बरालका अनुसार अर्जुनधारा नगरपालिका डाडाँगाउँका २८ वर्षीय बराल एनएमसीमा विगत पाँच वर्षदेखि कार्यरत भएको भएपनि आफ्ना कर्मचारी हराउँडा पनि सहकारीले कुनै पनि चासो दिएको छैन । उनका बुबाले दिएको जानकारी अनुसार विर्तामोडमा तीन ठाउँमा वचत संकलन गरेपछि उनी सम्पर्क बाहिर भएका हुन् । यता संस्थाका वरिष्ठ प्रवन्धक सूर्य मैनालीले खोजीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा संस्थागत रुपमा समेत निवेदन गरिएको बताएका छन् ।
उनी किन वेपत्ता भए भन्ने बारे पनि केहि खुलेको छैन । थप अनुसन्धान भइरहेको र नीजको खोजी कार्य जारी भएको प्रहरीले जनाएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK