
काठमाडौँ – नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिट्यान्स (विप्रेषण) कारोबार सम्वन्धी परिमार्जित सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले बैकको धर्मपथस्थित प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरे ।
सम्झौता पश्चात नेपाल बैंकबाट पठाएको रेमिट्यान्स सिटी एक्सप्रेस मनि ट्रान्सफरका सम्पुर्ण एजेन्टमार्फत भुक्तानी प्राप्त गर्न सकिने तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत पठाईएको अन्तरराष्ट्रिय रेमिट्यान्स नेपाल बैंक लिमिटेडका सम्पुर्ण शाखा र यस बैंकका एक हजार बढी एजेन्टहरुबाट भुक्तानी प्राप्त गर्न सकिने थप सुविधा सेवाग्राहीलाई उपलव्ध हुनेछ ।
सो परिमार्जित सम्झौता हस्ताक्षर समारोहमा नेपाल बैंक केन्द्रीय वित्त विभागका मुख्य प्रवन्धक होम वहादुर खड्का, सिटी एकस्प्रेस मनि ट्रान्सफरका प्रमुख वित्त अधिकृत ऋषिराम पौडेल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थिति थियो ।
एक परिपक्व स्थीर वित्तिय संस्थाको रुपमा आठ दशक यता अविच्छिन्न रुपमा देशको वित्तिय सेवामा संलग्न नेपाल बैक लिमिटेड्ले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड् कर्जा प्रवाह गरेको छ । मुलुकका हिमाल पहाड तराई ५६ जिल्लामा फैलिई १४० शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्