×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणकाजी श्रेष्ठ अतिथि रहेको सहकारीको साधारणसभामा पार्टी प्यालेसले कुहिएको मासु खुवाएपछि… (फोटोसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नारायणकाजी श्रेष्ठ अतिथि रहेको सहकारीको साधारणसभामा पार्टी प्यालेसले कुहिएको मासु खुवाएपछि… (फोटोसहित)

१६ भाद्र २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभाका क्रममा पार्टी प्यालेसले कुहिएको मासु खुवाएको रहस्य खुलेको छ । स्थापित योजना बहुउद्देशिय सहकारी संस्था लिमिटेड साधारणसभामा यस्तो घटना भएको हो । सत्तासीन नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रमुख अथिति भएको उक्त कार्यक्रममा नयाँबजार मल्टी भेन्यू’ले कुहिएको मासु खुवाएपछी बबण्डर मच्चिएको हो । 
‘खानेकुराबाट शंकास्पद गन्ध आयो । मासु कुहिएको जस्तो गन्ध आएपछि हामीले उपभोक्ताकर्मी माधव तिमिल्सिनालाई खबर गर्यौं । अनुसन्धानका क्रममा कुहिएको मासु खुवाइएको रहस्य बाहिर आयो ।’ एक सहभागीले अर्थ सरोकारसंग भने, ‘उपभोक्ताकर्मीको टोलीले कुहिएकै मासु पकाएको भेट्टायो । लगतै आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीलाई बोलाइयो । अनुसन्धानका क्रममा सरकारी टोली पुगेपछि बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारे ।’ 
उनका अनुसार बैंक्वेटको भान्छामा पनि फोहोर भेटिएको छ । उनका अनुसार सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् । सरकारी टोलीले बैंक्वेटमा सिल गरेको छ र सञ्चालकलाई बयानमा लागि उपस्थित हुन पत्र थमाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: