×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक विस्तारका नाममा सरकारले मनपरी गरेको भन्दै स्थानीयले बन्द गरे कलंकी–सोल्टीमोड सडक (भिडियोसहित)

PRIME CA

सडक विस्तारका नाममा सरकारले मनपरी गरेको भन्दै स्थानीयले बन्द गरे कलंकी–सोल्टीमोड सडक (भिडियोसहित)

३० कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहिबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन । सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गर्नु परेको स्थानीय समिर महर्जनले बताउनु भयो । यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन ।
रविभवनमा व्यापार गर्दै आएका महर्जनले धुवाँधुलोकै कारण आफूहरुको व्यापार समेत नभएको गुनासो पनि गरेका छन । सडक खाल्डो पार्ने तर पुनर्निर्माण नगर्ने गरेका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि त्यसको निर्माणमा ढिलाई नगर्न सरकारलाई दवाव दिन आफूहरुले सडक बन्द गरेको स्थानीय अर्का व्यापारी मनोज आचार्यले जानकारी दिनु भयो ।
स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौंता गरिसकेका छन । तर त्यसको पालना नभएको स्थानीयको गुनासो छ । सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडक खण्ड बन्द अनिश्चतकालसम्म गर्ने स्थानीयको चेतावनी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: