×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीमा राखेको साढे ७ लाख रुपैयाँ अर्कैको कर्जामा हिसाव मिलान भएपछि न्याय खोज्दै बचतकर्ता (कागजातसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

सहकारीमा राखेको साढे ७ लाख रुपैयाँ अर्कैको कर्जामा हिसाव मिलान भएपछि न्याय खोज्दै बचतकर्ता (कागजातसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका हाल वडा नम्बर २६ बस्ने सुदीप सिंहको नाममा मिति २०६९ साल पुष महिना १२ गते रु ३००००० र मिति २०७१ असार ३२ मा रु ४५०००० मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मुद्दती निक्षेप राखिएको थियो । नेटू हाउजीङ प्रालिका नाममा दर्ता श्रेस्था कायम रहेको साबिक चौभार वडा नम्बर ९ का विभिन्न कित्ता जग्गाहरु राखी टिकाराम तिवारीले ऋण लिने क्रममा उनको त्यस सहकारीसंग चिनजान भएको थियो । त्यस सहकारीलाई निक्षेप चाहियो भनेपपछि उनले आफुसँग भएको केहि रकम निक्षेप राखे । 
पछी सोहि सहकारीका अध्यक्षको अनुरोधमा सहकारीको तरलता मिलाउन उक्त मुद्दतीबाट लोन एगेन्स्ट फिक्स्ड डिपोजिट फारममा सहि गरेको सिंहको भनाइ छ । उक्त पैसा भने उनले नलिएको दावी गर्छन । अहिलेसम्म उक्त रकमको ब्याजको हिसाब किताब समेत नगरेको उनको भनाइ छ । पछि उनलाई उनको मुद्दतीको रकम टिकाराम तिवारीको कर्जाको ब्याजमा मिलान गरिएको जानकारी दिइयो । उनले आफ्नो लिखित सहमति बेगर गरिएको उक्त काम गैरकानुनी भएको भन्दै उक्त सहकारीमा छानविन गरी निक्षेपको हिसाब गरी पाउँ भनी डिभिजन सहकारी कार्यालयमा समेत उजुरी गरेका छन् । 
आफुले राखेको रकम आफ्नो अनुमति बिना अरुको कर्जामा हिसाव किताब गरी मिलान भएको भन्दै उक्त काम गैरकानुनी भएको भन्दै उनी न्यायका लागि भौंतारीएका हुन् । हेर्नुहोस् सहकारीले जानकारी भन्दै दिएको पत्र :  
सुदीप सिंहले डिभिजन सहकारी कार्यालयमा आफ्नो फिक्स्ड डिपोजिटको रकम ब्याजसहित दिलाई पाउँ भनी दिएको उजुरी । 
डिभिजन कार्यालयलेले सहकारीलाई लेखेको पत्र :
मानवीय सहकारीले डिभिजन सहकारी कार्यालयमा पठाएको पत्र :
मुद्दती निक्षेपको प्रमाण पत्र 
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: