×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘टोयटा’मात्रै सहभागी हुन मिल्नेगरी विद्युत प्राधिकरणको ‘टेन्डर’, ‘इष्टिमेटेड’ मूल्य नै बजारमूल्यभन्दा बढी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले ‘टोयटा’ गाडी नै किन्ने नियतका साथ टेन्डर आह्वान गरेको पाइएको छ । टोयटा कम्पनीको ‘हाइलक्स फोरडब्लुडी क्याप पिकअप’ ट्रक नै किन्ने नियतसाथ प्राधिकरणले ४ वटा गाडी खरिद प्रक्रिया सुरु गरेको हो । ‘रसुवा–नुवाकोट प्रसारण लाइनको मर्मत तथा सम्भार’का लागि भन्दै टेन्डर प्रक्रियाबाट खरिद गर्न लागिएमा टोयटाको ‘हाइलक्स’नै किन्नुपर्ने गरी टेन्डर आह्वान गरिएको छ । यो प्रक्रियामा टोयटासँग प्राधिकरणको उच्च तहको मिलेमतो भएको आशंकासमेत गरिएको छ ।  प्राधिकरणले  Bidding for Supply and Delivery of 4WD Double Pick-Up Vechicles (40 Units) National Competitive Bidding (NCB) IFB No : NCB-REIP-2018-1 नम्बरको टेन्डरमा यस्तो मिलेमतोको गन्ध आउने गरी टेन्डर आह्वान गरेको हो । 
यस्तो छ प्राधिकरणले तोकेको ‘स्पेसिफिकेसन’
विद्युत प्राधिकरणले डिसेम्बर १८ अर्थात पुस ३ गते अर्थात मंगलबार आह्वान गरेको टेन्डरमा  मा ‘फोरडब्लुडी डबल क्याब पिकअप’ ट्रक खरिदका लागि तयार गरेको स्पेसिफिकेसन’मा टोयटाको ‘हाइलक्स’ सँग मात्र मिल्ने गरी स्पेसिफिकेसन तयार गरेको छ । प्राधिकरणले तयार गरेको ‘स्पेसिफिकेसन’मा गाडीमा ४ वटा ढोका हुनुपर्ने उल्लेख छ । गाडी इभरसहित ५ सिट क्षमता भएको हुनुपर्ने, भारवहन क्षमता ९ सय ५० किलो वा सोभन्दा बढी हुनुपर्ने र  गति १ सय किलोमिटर प्रतिघन्टा वा सोभन्दा बढी हुनेपर्नेसमेत स्पेसिफिकेसनमा उल्लेख छ ।  
साथै उक्त गाडीमा, राइट ह्यान्ड ड्राइभ डिजल इन्जिन भएको फोरडब्लुडी डबल क्याब हुनुपर्ने, फुल अप्सन हुनुपर्ने भनिएको छ । साथै उक्त गाडी  शहरी तथा ग्रामिण शहरका सडकमा गुड्न सक्ने हुनुपर्ने समेत स्पेसिफिकेसनमा उल्लेख छ ।  त्यतिमात्र होइन माइनस ५ देखि माइनस ४५ डिग्री सेन्टिग्रेडसम्म र समूद्र सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा गुड्न सक्ने र पछिल्लो एक वर्षभित्र उत्पादन भएको हुनुपर्ने गाडीको औसत तौल ३ हजार किलोभन्दा बढी वा सोही बराबर भएको हुनपर्ने उल्लेख छ । विद्युत प्राधिकरणले आह्वान गरेको टेन्डरमा गाडीको स्पेसिफिकेसनमा गाडीको स्पेयर टायर १६ इन्चको ट्युवलेस हुनुपर्ने भनिएको छ।  
गाडीको लम्बाई ५२ सय देखि ५४ सय मिलिमिटर, चौडाई १८ सय देखि १९ सय मिलिमिटर, उचाई १७ सय देखि २ हजार मिलिमिटर र ग्राउन्ड क्लियरेन्स २२० मिलिमिटर हुनुपर्ने सर्त राखेको प्राधिकरणले ४ सिलिन्डरसहितको २४०० देखि २९०० सिसी क्षमताको पिकअपको पावर क्षमता १ सय ३० किलोवाट वा सोभन्दा बढी र टर्क क्षमता ४२० एनएम वा सोभन्दा बढी हुनुपर्ने ‘स्पेसिफिकेसन’मा उल्लेख गरेको छ ।  पिकअपको टर्न रेडियस ६ दशमलब ७ भन्दा बढी हुन नहुने, र पिकअपमा ‘पावर एन्ड टिल्ट स्टेरिङ’ हुनेपर्नेसमेत सर्त भएको उक्त गाडीमा इन्धन क्षमता ७५ लिटर हुनुपर्ने भनिएको छ ।
अव हेरौं कुन- कुन स्पेसिफिकेसन कुन कुन कम्पनीका गाडीमा मिल्दैन ?
प्राधिकरणले तयार गरेको स्पेसिफिकेसन अनुसार टोयटा बाहेक कुनै कम्पनीले पनि यो टेन्डरमा भाग लिन पाउने देखिंदैन । यसअघि विभिन्न निकायलाई पिकअप बिक्री गर्दै आएका अन्य कम्पनीहरुसँग प्राधिकरणले तोके बमोजिमका गाडी नै छैनन् । महिन्द्रा, निशान, इसुजु र फोर्ड कम्पनीले कुनै न कुनै स्पेसिफिकेसनका कारण यो टेन्डरमा भाग लिन पाउने छैनन् ।
कसले किन पाउँदैनन् यो टेन्डरमा भाग लिन ?
निशान : प्राधिकरणले टेन्डरको स्पेसिफिकेसनमा गाडीको तौल ३ हजार वा सोभन्दा बढी हुनुपर्ने उल्लेख गरेको छ । तर निशानको गाडीको त्यति वजन नै हुँदैन । निशान गाडीको तौल  निसानको गाडीको तौल २ हजार ९ सय १० केजी छ।  यहि कारण निशान यो टेन्डरमा भाग लिन पाउने छैन । भाग लिए पनि रिजेक्ट हुने नै भयो । टेन्डरको स्पेसिफिकेसनमा गाडीको   पावर क्षमता  १ सय ३० किलोवाट हुनुपर्ने भनिएको छ । जवकी निशान गाडीको  पावर क्षमता १ सय २० किलोवाट मात्र हुन्छ ।  
इसुजु: इसुजुले पनि यो टेन्डरमा भाग लिन नपाउने भएको छ ।  सुजुको गाडीको तौल २ हजार ८ सय किलो मात्रै छ । तर प्राधिकरणले टेन्डरको स्पेसिफिकेसनमा गाडीको तौल ३ हजार वा सोभन्दा बढी हुनुपर्ने उल्लेख गरेको छ ।  यता इसुजु गाडीको टर्क पावर ३८० एनएम मात्रै छ । प्राधिकरणको टेन्डरमा टर्क पावर  ४२० एनएम हुनुपर्ने उल्लेख छ ।  
फोर्ड : फोर्ड कम्पनीको गाडीमा त झन् धेरै कुरा मिल्दैन । फोर्डका गाडी नेपाली बजारमा २२ सय सीसी भन्दा तल र ३२ सय सीसी भन्दा माथिका मात्रै छन् । यसकारण फोर्ड यो टेन्डरमा भाग लिन पाउने सम्भावना नै छैन । 
त्यसो भए मिल्छ कुन गाडी त ?
हेडलाइनमै भनिसकियो,  टोयटा कम्पनीको ‘हाइलक्स फोरडब्लुडी क्याप पिकअप’ ट्रक नै किन्ने यो टेन्डरको नियत देखिएको छ । यसरी स्पेसिफिकेसनमै चलखेल गरेर टोयटाको गाडी किन्न लागिएपछी केहि व्यवसायीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो प्रकरण लिएर जाने योजनामा छन् । केहि व्यवसायीहरु भने गाडीका केहि स्पेसिफिकेसनहरु नामिलेपनि टेन्डर प्रक्रियामा भाग लिन जाने देखिएको छ । यहाँ पनि चलखेलकै नियत देखिन्छ । सार्वजनिक खरिद ऐन पल्टाउने हो भने स्पेसिफिकेसनमा उल्लेख भएअनुसार नभएका समान किन्न पाइने छैन । यहाँ पनि ठुलै चलखेल त हुने होइन ? भन्ने शंका उब्जिएको छ ।     
 ‘इष्टिमेटेड’ मूल्य नै बजारमूल्यभन्दा बढी ! के भन्छ प्राधिकरण ?
सामान्यतया  ‘इष्टिमेटेड’  मूल्य बजारमूल्यभन्दा बढी हुँदैन । तर  टोयटाको हाइलक्स नै किन्ने नियत राखिएको यो टेन्डरमा प्राधिकरणले प्रति गाडी १ करोड रुपैयाँ छुट्याएको छ । जवकी बजारमा कैर्व ८९ लाख रुपैयाँमा यो गाडी पाइन्छ । एउटा गाडीमा झन्डै ११ लाख रुपैयाँ बढी अर्थात ४ वटा गाडीमा करिव ४४ लाख रुपैयाँ बढी रकम राखेर किन टेन्डर आह्वान गरियो भन्ने प्रश्न उठेको छ । कतिपय व्यापारीले त यो ४४ लाख टेन्डर मिलाउने र खानेको भाग हो भन्ने टिप्पणीसमेत गरेका छन् । यस विषयमा बुझ्न हामीले नेपाल विद्युत प्राधिकरणमा समेत सम्पर्क गरेका थियौं । तर त्यहाँका कर्मचारीले प्रक्र्युमेन्ट विभागका कर्मचारी आज नरहेको जानकारी दिए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: