
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँको गैरीधारामा रहेको चर्चित रेष्टुरेन्ट हो एलिस । एलिस कम्पनी नामबाट सञ्चालन भएको यो रेष्टुरेन्टमा देशका ठूला नेतादेखि सचिवहरुसम्म पनि खाना, खाजा खान आउँछन् । तर धनीमानीहरुमात्र जाने रेष्टुरेन्टका रुपमा रहेको यो रेष्टुरेन्टको मेनु भने ‘गैरकानुनी’ रहेको खुलासा भएको छ । भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्ने स्पष्ट कानुन भएपनि कम्पनीले भ्याट बाहेकको मूल्य राखेर उक्त रेष्टुरेन्ट सञ्चालक कम्पनीले भ्याट सम्बन्धि कानुन मिचेको हो । यसअघि अर्थ सरोकार डटकमले इन्द्रेणी फुडल्याण्ड र सिद्धार्थ कटेजको मेनु गैरकानुनी रहेको खबर सार्वजनिक गरेपछि अहिले इन्द्रेणी फुडल्याण्डमा रहेको ‘काल्दी क्याफे’ र सिद्धार्थ फुडल्याण्डको मेनु परिवर्तन भएको छ । अर्थ सरोकार डटकमले ‘अप्रेशन खानाबार’ अन्तर्गत उपत्यकाका विभिन्न रेष्टुरेन्टहरुको ‘मिडिया अनुगमन’ गरिरहेको छ । यहि सिलसिलामा गत साता एलिस रेष्टुरेन्टमा यस्तो फेला परेको हो ।
यसकारण गैरकानुनी भयो सिद्धार्थ कटेजको मेनु !
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ तर यो नियमको बर्खीलाप गर्दै एलिस रेष्टुरेन्टले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेका छन् । अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर सिद्धार्थ कटेजले खुलेआम रुपमा कानुनको धज्जी उडाएर यसरी ‘गैरकानुनी’ नियम बनाइरहेका छन् ।

अर्थ सरोकारको समाचारपछी सुध्रीदै रेष्टुरेन्टहरु, तर नियम मिच्नेलाई भएन कार्वाही !
यसो त भ्याट नियमावली अनुसार भ्याट बाहेकको मूल्य तोकेर मेनु राख्न नपाइने नियम रहेको र काठमाडौँका विभिन्न रेष्टुरेन्टहरुले ‘गैरकानुनी’ रुपमा मेनु बनाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि विभिन्न रेष्टुरेन्टहरुले मेनु सच्याएका समेत छन् । तर कानुनको खिल्ली उडाएर मनपरी गर्ने त्यस्ता रेस्टुरेन्टहरुलाई सम्बन्धित निकायले कार्वाही भने गर्न सकेको छैन । यस विषयमा एलिसका कर्मचारीलाई सोध्दा उनीहरुलाई यस विषयमा आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ‘ हामीलाई त यस विषयमा केहि थाहा छैन । यहाँ बोस पनि हुनुहुन्न आज । उता बैन्कोइटमा जानुभएको छ ।’ एलिसका एक कर्मचारीले रेस्टुरेन्ट पुगेका अर्थ सरोकारकर्मीसँग भने ।
के भन्छ आन्तरिक राजश्व विभाग ?
यता भ्याट सम्बन्धि नियम कार्वनयन भएको छ वा छैन भनेर हेर्ने निकाय आन्तरिक राजश्व विभागका सुचना अधिकारी यज्ञ राज ढुंगेलले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताएका छन् । ‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ ।’ उनले भने, ‘नियम अक्षरस पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्