
झापा- एनआईसी एशिया बैंकको दमक नगरपालिका वडा नं. ५, क्याम्पसमोड झापास्थित दमकचोक शाखाको दमक नगरपालिकाका मेयर रोम नाथओलीबाट मिति २०७५ माघ १३ गते एक समारोहका बीच उद्घाटन भएको छ । मिति २०७५ भाद्र, १६ गतेबाट कारोबार सुरु भएको उक्तशाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका छन्।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको भन्दै मेयरले खुसीसमेत व्यक्त गरेका छन् ।
बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्