×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्री बादललाई कसले कुट्न खोज्दैछ हँ ?

काठमाडौं – नेपालको सबैभन्दा सुरक्षित प्रशासनिक केन्द्र सिंहदरबारमा बस्छन् गृहमन्त्री रामबहादुर थापा बादल । सिंहदरबारलाई चारै तिरबाट नेपाली सेनाको पहरा छ । अझ सिंहदरबार परिसरको उत्तर दिशामा नेपाली सेनाका टुकडीको बीचमा रहेको छ गृहमन्त्रालय ।
अत्याधुनिक हतियारधारी सुरक्षाकर्मी चौविसै घण्टा तैनाथ रहन्छन तर पनि गृहमन्त्री रामबहादुर थापा बादललाई असुरक्षा महसुस भइरहेको चर्चा गृहमन्त्रालयमा चलेको छ ।
‘आखिर गृहमन्त्री बादलमाथि कसले आक्रमण गर्ने दाउ खोजिरहेको छ’ सिंहदरबारभित्र जिज्ञासाको विषय बनेको छ । सिंहदरबारभित्र छिर्न सर्वसाधारणलाई कठिन छ । त्योभन्दा कठिन अहिले सिंहदरबारभित्रको गृहमन्त्रालयमा छिर्न छ । सर्वसाधारण पत्रकार वा सरकारी कर्मचारी जोसुकै भएपनि कडा सुरक्षा जाँच पछि मात्र गृहमन्त्रालयभित्र प्रवेश गर्न सकिन्छ ।
मन्त्रीमाथि आक्रमणको खतरा हुने खुफिया खबर पाएपछि गृहमन्त्रालयको प्रवेशद्वारमै मेटल डिटेक्टर डोर राख्न लगाइएको छ भने मूल गेटमै सईको ड्युटीमा महिला कर्मचारी समेत रहनेगरी एक सेक्सन खटाइएको छ । पहिले मूल गेटमा एकजनाको मात्र ड्युटी रहने गरेकोमा अहिले ठूलै तामझामको सुरक्षा व्यवस्था देख्दा लाग्छ गृहमन्त्री बादललाई ठूलै खतरा छ ।
२०७५ मंसिर ५ गते कालिकोट घर भएका पूर्व जनमुक्ति सेनाका घाइते लडाकु कुलप्रसाद भट्टराईले गृहमन्त्रीको कार्यकक्षमै विष सेवन गरी आत्मदाहको प्रयास गरे । जनयुद्ध लडेर घाईते भएका भट्टराईले जीविकोपार्जन गर्न कठिन भो आर्थिक सहायता उपलब्ध गराई पाँउ भनि गृहमा दिएको निवेदन माथि कुनै सुनुवाई नहँुदा उनले गृहमन्त्रीका सामुन्ने नै आत्मदाहको प्रयास गरेका थिए ।
गृहमन्त्रालयले गरीब, कमजोर तथा विपन्न वर्गका मानिसहरूलाई औषधोपचारलगायतका शीर्षकमा आर्थिक सहायता बाँड्छ । त्यही शीर्षकको सहायतको अपेक्षा जनयुद्धका घाइते लडाकु भट्टराइले गरेका थिए । गृहमन्त्रीसहित मन्त्रालयमा रहेका एक समयका सहयोद्धा कमरेडबाट कुनै सहायता नपाउने भएपछि उनले दिक्दार भएर विष सेवन गरे । भट्टराईले सहयोद्धा कमरेडबाट अपमानित भएको खबर फैलिएपछि पूर्व जनमुक्ति सेनाका लडाकुहरू रिसले आगो भएका छन् ।
उनीहरूले जनयुद्ध लडेर गणतन्त्र ल्याएका पूर्व लडाकु कमरेडमाथिको अपमानलाई गंभीररुपमा लिएको बताएका छन् । भट्टराईमाथि गरिएको अपमानको बदला गृहमन्त्रीसंग लिने निर्णयको सूचना प्राप्त भएपछि गृहमन्त्रालयमा सुरक्षा व्यवस्थामा कडाई गरिएको मन्त्रालय स्रोतले बतायो । स्रोतले भन्यो–कुनै पनि पूर्व लडाकुलाई मन्त्रालय प्रवेशमा प्रतिबन्ध लगाइएको छ । पूर्व लडाकुहरूले हातपात गर्छन् वा कालोमोसो दल्छन कि भन्ने डर गृहमन्त्रीलाई छ । – साँघु साप्ताहिकबाट साभार 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: