Skip to content
LAXMI SUNRISE BANK

काँग्रेस नेताहरुको गर्जन, ‘सहकारीको अवधारणा काँग्रेसले बिकास गर्यो, तर बर्चश्व कम्युनिष्टहरुले बनाए’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
नेपाली कांग्रेसका नेताहरुले आफुहरुले उठाएको सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चश्व बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार राजधानीमा भएका दुई छुट्टा छुटै कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्ट विचारधारा विपरित रहेको सहकारीमा कम्युनिष्टहरुकै बर्चश्व भएको टिप्पणी गरेका हुन् । 
सहकारी अर्थनीति कम्युनिष्ट विचारधाराको विपरित भएपनि अहिले मुलुकभरका सहकारीमा वामपन्थीकै बर्चश्वर रहेको भन्दै सहकारी संस्थामा संलग्नता बढाउनुपर्नेमा जोड दिए । फियन बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कांग्रेसले बनाएको सहकारीको आधारको उपयोग कम्युनिष्टहरुले गरिरहेको बताएका हुन्।
त्यस्तै सनिबार नै बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई सम्बोधन गरेका पुर्व उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति बिमलेन्द्र निधीले पनि सहकारी अर्थनीति सुरु गरेको कांग्रेस नै सहकारी अभियानमा पछि परेको र कम्युनिष्टको बर्चश्व बढेको बताएका हुन् ।
वर्तमान सरकारले गाउगाउमा सहकारी पुर्याउने नीति लिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK