×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले ‘सहकारी अभियान’ सञ्चालन गर्ने मन्त्री अर्यालको घोषणा, भन्छिन् ‘मुलुक समृद्ध बन्नेमा ढुक्क छु’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारले ‘सहकारी अभियान’ सञ्चालन गर्ने मन्त्री अर्यालको घोषणा, भन्छिन् ‘मुलुक समृद्ध बन्नेमा ढुक्क छु’ (भिडियो)

Artha Sarokar

२६ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेकी छिन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारी अभियान संचालनका लागि आवश्यक योजना र कार्यक्रम तय गर्न पनि सहकारी संस्थाहरुलाई आह्वान गरिन् । मन्त्री अर्यालले सहकारी क्षेत्र मुलुकको समृद्धि र गरिवी निवारणको आधारको रुपमा रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
मन्त्री अर्यालले समृद्धिको सपना बोकेर हिँडेको सहकारी क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार ढुक्क रहेको पनि स्पष्ट पारिन् । नेपालमा करिव ३४ हजार ५ सय सहकारी संस्थाहरु रहेका छन । ती संस्थाहरुसँग सहकार्य गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री अर्यालको योजना छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी