Skip to content
LAXMI SUNRISE BANK

सन्राइज बैंकको सीएसआर, ‘टिच फर नेपाल’लाई ५ लाख आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ – सन्राइज बैंक लिमिटेडले ‘टिच फर नेपाल’लाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत ५ लाखको चेक हस्तान्तरण गरेको छ । 
शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने ‘टिच फर नेपाल’को उद्देश्यलाई बैंकले समाविष्ट गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.५,००,०००.०० नगद सहयोग गरेको हो । ‘टिच फर नेपाल’ले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयंम सेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।
उक्त सहयोग रकम बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक ज्योति कुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा ‘टिच फर नेपाल’का प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछ कुमार यादव, नायव महाप्रबन्धक रविन नेपाल लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK