×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेण्ट बैंकको १२औं एक्स्टेन्सन काउन्टर सोलुखुम्बुको पासाङ ल्हामु गाउँमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्भेष्टमेण्ट बैंकको १२औं एक्स्टेन्सन काउन्टर सोलुखुम्बुको पासाङ ल्हामु गाउँमा

Artha Sarokar

४ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।
उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तीय साक्षरतापनि अभिबृद्धि हुने कुरा प्रकाश पारे । बैंकले खुम्बुपासाङ ल्हामुगाउँपालिकाअन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवाप्रदानगरिसकेको र सोहीगाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमापनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।
एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्यदुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा बित्तीय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी