
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – समस्याग्रस्त घोषणा गरिएको सहकारी ओरेन्टल सहकारीले नक्कली ऋणी खडा गरी करोडौं रुपैयाँको कर्जा प्रवाह गरेको खुलासा भएको छ । ठगीको उजुरी परेपछि प्रहरीले पक्राउ गरेका सुधिर बस्नेत मुख्य संचालक रहेको सहकारीले यसरी नक्कली ऋणी खडा गरेर करोडौं रुपैयाँ अपचलन गरेको खुलासा भएको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त सहकारीले निक्षेपकर्ताको १६ अर्ब १ करोड रुपैयाँ तिर्न बाँकी भए पनि सहकारीले असुल गर्नुपर्ने ऋण साढे ३ अर्ब रुपैयाँमात्र छ । उक्त ऋण पनि बस्नेतले नक्कली ऋणी खडा गरेर प्रवाह गरी आफैं परिचालन गरेको समितिको ठहर छ । इटहरी, विराटनगर, पोखरा, मैतिदेवी, ललितपुर र भक्तपुरमा शाखा रहेको सहरकारीको मैतिदेवी शाखाबाट सबैैभन्दा बढी २ अर्ब ३ करोड ८१ लाख ऋण डुबेको छ ।
समितिका अध्यक्ष युवराज सुवेदीका अनुसार सहकारीको सफ्ट्वेयरमा ऋणी भनेर उल्लेख गरिएकामध्ये कतिपयले आफ्नो नाममा तयार पारिएको तमसुक फर्जी भएको बताएका छन् भने कतिले उक्त रेकर्डमा भएको औंठाछाप आफ्नो नभएको दावी गरेपछि अनुसन्धान अगाडी बढेको थियो । अनुसन्धानका क्रममा बस्नेतले नक्कली ऋणी खडा गरेर सहकारीको रकम दुरुपयोग गरेको निष्कर्षमा समिति पुगेको उनको भनाइ छ ।
समितिका अध्यक्षका अनुसार २ हजार १ सय १७ जना ऋणीमध्ये अहिलेसम्म १३ जनाले मात्रै समितिमा उपस्थित भइ ऋण तिरेका छन् । तर उक्त सहकारीबाट नक्कली ऋणी खडा गरी निकालिएको ऋण घरजग्गा व्यवसायमा लगाइएको छ । ऋण उठाउन समितिले २ सयजना ऋणीको घरजग्गा किनबेचमा रोक लगाएको त छ । तर ऋणी भनिएकाहरुमध्ये अधिकांस सम्पर्कमै नआएकाले यो ऋण उठ्न सक्ने कुरामा समितिलाई नै शंका छ । प्रहरीले बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्