×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Exclusive: आयोजकलाई पैसा खुवाएर अवार्ड लिन्छ गुराँसलाइफ इन्स्योरेन्स, बीमा समिति भन्छ, ‘त्यो नै अन्तिम हो’ (भिडियो)

काठमाडौँ । केहि समयअघि एउटा विदेशी कम्पनीले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्यो । नेपालको एक पाँचतारे होटलमा आयोजित उक्त कार्यक्रममा आयोजकले विभिन्न बीमा कम्पनीहरुलाई विभिन्न शिर्षकमा अवार्ड दियो । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, बेष्ट ब्राण्ड लिडरशिप अवार्ड, गुराँस लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाए ।
पटक-पटक बीमा समितिमा कारवाहीमा परेको, पूँजी पुर्याउन नसकेको, पटक पटक बीमा समितिलाई अटेर गरी बदनाम भएको गुराँस लाइफ इन्स्योरेन्सले कसरी अवार्ड पायो त ? अझ नेपाल इन्स्योरेन्स र गुराँस लाइफले एउटै अवार्ड कसरी पाए त ? अर्थ सरोकारले खोजी गर्दै जाँदा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आयोजकलाई पैसा खुवाएर अवार्ड लिएको तथ्य फेला पारेको छ । गुराँसलाइफ स्रोतले दिएको जानकारी अनुसार कार्यक्रम आयोजना गर्न भनेर कम्पनीले ५० हजार हाराहारी पैसा आयोजकलाई दिएको थियो । र सोहि वापत उसलाई अवार्ड दिईएको रहेछ ।
यसअघि विभिन्न बैंकहरुले पनि यसरी नै अवार्डको खेती गरेपछि नेपाल राष्ट्र बैंकले यस्ता गलत धन्दामा रोक लगाएको थियो । हामीले ‘यसरी पूँजीचाहिं नपुर्याउने अनि बेष्ट भन्दै अवार्ड लिने धन्दा भइरहँदा बीमा समिति के हेरेर बसेको छ ?’ भनेर बीमा समितिका अध्यक्ष चिरंजिवी चापागाईंलाई सोधेका थियौं । उनले सो अवार्ड नै उक्त कम्पनीले पाउने अन्तिम अवार्ड भएको बताए ।

यता यस विषयमा गुराँसलाइफ इन्स्योरेन्सका सीइओ भने बोल्न नै मानीरहेका छैनन् । हामीले पटक पटक उनलाई सम्पर्क गर्दा पनि उनी सम्पर्कमा नै आएनन् ।  

हेरौं यो भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: