×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पन्न भएका आयोजनाको रकम व्याजसहित कानुन बमोजिम भुक्तानी गर्न निर्माण व्यवसायीहरुको माग (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सम्पन्न भएका आयोजनाको रकम व्याजसहित कानुन बमोजिम भुक्तानी गर्न निर्माण व्यवसायीहरुको माग (भिडियो रिपोर्ट)

Artha Sarokar

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निर्माण व्यवसायीहरुले चालु तथा सम्पन्न भएका आयोजनाको लामो समय देखि भुक्तानी हुन बाँकी रकमको कानुन बमोजिम व्याज सहित तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आईतबार पत्रकार सम्मेलन गरी रोकिएको भुक्तानीको व्याज पनि उपलब्ध गराउनुपर्ने माग गरेको हो । त्यसैगरी महासंघले ५ करोड सम्मको निर्माण कार्यको बिना योग्यता भाग लिन पाउनुपर्ने , उपभोक्ता समिति र लाभग्राही समुदाय मार्फत गरिने निर्माण कार्यको १ करोड खारेज गरी १५ प्रतिशत भन्दा बढी घटी गएको रकमको ५० प्रतिशत थप धरौटी राख्नुपर्ने प्रावधान हटाउनुपर्ने माग गरेको छ । महासंघले पुराना परियोजनाहरुको डिजेलमा मुल्य अभिवृद्धि करको सुविधा पाउनुपर्ने र मजुदुरहरुका लागि अनिवार्य गरिएको प्यानमा दर्ता हुने व्यवस्था खारेज हुनुपर्ने माग गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले पुनरावेदन गर्न जम्मा गर्नुपर्ने रकमलाई शून्य दशमलव एक शून्य प्रतिशतबाट बढाई एक प्रतिशत पु¥याउँदा पुनरावलोकन गर्न प्रतिकूल हुने भन्दै धरौटीको अंकलाई यथावत राख्न माग गर्नुभयो ।
महासंघले निर्माण सम्बन्धी कमि कमजोरी र त्रुटी भएमा अपराध संहिता अनुसार नभई सार्वजनिक खरिद ऐन अनुसार कारवाही चलाउने व्यवस्था मिलाउन पनि माग गरेको छ । अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु उद्योगी भएको भन्दै अपराधी अनुसार दण्डसँजायको व्यवस्था गर्न नमिल्ने तर्क गर्नुभयो ।
आफुहरुले उठाउदै आएका केही माग सम्बोधन भएको भन्दै महासंघले सरकारले लागु गरेको सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को स्वागत पनि गरेको छ । सरकारले यही साउन १६ गते आठौं संशोधन नियमावली नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । सार्वजनिक खरिदको आठौं संशोधनले रुग्ण परियोजनाहरुको हकमा प्राविधिक प्रतिवेदनको आधारमा एक पटकको लागि म्याद थप गर्ने व्यवस्थालाई व्यवसायीले स्वागत गरेका हुन् । त्यसैगरी बिड क्यापासिटी र स्वदेशी निर्माण व्यवसायीका लागि १ अर्बको सिलिङ सम्बन्धी व्यवस्थालाई पनि महासंघले सकारात्मक लिएको छ । हेर्नुहोस्  भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी