
काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष भइसकेको व्यक्तिले कुनै पनि सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने भएका छन् । बोर्डले शंसोधन प्रस्ताव गरेको धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । अहिले उक्त विद्येयक अर्थमन्त्रालयले सङ्घीय संसदमा पेस गरेको छ ।
बोर्डका कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकलाई दुई बर्षको कुलिङ्ग पिरियड तोकिएको पनि विद्येयकमा रहेको छ । अवकाश प्राप्त भएको दुई वर्षसम्म कुनै सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने पनि विद्येयकमा व्यवस्था गरिएको छ ।
धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई गाभ्ने, गाभिने वा प्राप्ति गर्न सक्ने व्यवस्था गरेको छ । धितोपत्र व्यवसायीले संस्थागत जोखिम व्यवस्थापनका लागि जगेडा कोष खडा गर्नुपर्ने, शाखा कार्यालयको पूर्वाधार घटाइ कम खर्चिलो बनाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्