×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विहिबारदेखि काठमाडौंमा उर्जा सम्मेलन हुँदै, ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विहिबारदेखि काठमाडौंमा उर्जा सम्मेलन हुँदै, ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति (भिडियो रिपोर्ट)

Artha Sarokar

२ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आगामी विहिबारदेखि राजधानी काठमाडौंमा उर्जा सम्मेलन हुने भएको छ । आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी गराएको हो । सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहनेछ । सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ । क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु संचालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिनुभयो ।
क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरु अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिईएको छ । सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका ७ सय बढी सहभागी हुने बताईएको छ । ऊर्जा सम्मेलन विहिबार र शुक्रबार चल्नेछ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी