Skip to content
LAXMI SUNRISE BANK

सहकारी विभागद्वारा ५ सहकारी संस्थाको इजाजत खारेज, यस्तो छ कारण…

अर्थ सरोकार

काठमाडौं । सहकारी विभागले ५ सहकारी संस्थाको इजाजत खारेज गरेको छ । विभागले बुधबार नियम विपरित चलेका ५ सहकारी संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको हो ।
नियम बिपरित चलेको पाइएपछि विभागले सहकारी ऐनले दिएको अधिकार अनुसार पहिलो पटक ५ सहकारी संस्था खारेजी गरेको हो ।
विभागले काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्ब सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्थाको इजाजत खारेज गरेको हो । 
हाल नेपालमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK