
काठमाडौं । सहकारी विभागले ५ सहकारी संस्थाको इजाजत खारेज गरेको छ । विभागले बुधबार नियम विपरित चलेका ५ सहकारी संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको हो ।
नियम बिपरित चलेको पाइएपछि विभागले सहकारी ऐनले दिएको अधिकार अनुसार पहिलो पटक ५ सहकारी संस्था खारेजी गरेको हो ।
विभागले काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्ब सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्थाको इजाजत खारेज गरेको हो ।
हाल नेपालमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्