काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड ४ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा १०१.७१% ले धेरै हो । गत वर्ष बैंकले १ करोड ५० लाख ७४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले खुद नाफा पनि बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ८६.४१% ले बढेर ११ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ५ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । साथै, सञ्चालक नाफा पनि २ करोड १५ लाख रुपैयाँबाट बढाएर ४ करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिमामा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल बैंकको चुक्ता पुँजी ७८ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
यता, बैंकको खराब कर्जा भने २.१५%, कस्ट अफ फन्ड ८.१२%, बेस रेट १२.६९% र कर्जा निक्षेप अनुपात ६९.९३% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा (बार्षिक) रहेको र प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ७३ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्