×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार प्रभाव : कैलाश बिकास बैंकले किर्ते हस्ताक्षर प्रकरण स्वीकार्यो, कर्मचारीलाई निलम्बनको तयारी !

काठमाडौँ । ऋणीको हस्ताक्षर किर्ते गरेर पत्र बुझेको बनाई ऋणीलाई थर्काउने कैलाश बिकास बैंकले आफुबाट भएको गल्ती स्वीकारेको छ । ऋणी लीला कंडेलको हस्ताक्षर किर्ते गरी बैंकको वालिङ शाखाका एक कर्मचारीले पत्र बुझेको भनी बैंकमा रिपोर्ट बुझाएका थिए । त्यसपछि बैंकका हेड अफिसका कर्मचारीले त्यसपछि ऋणीलाई धम्कीपूर्ण एसएमएस गरेका थिए । आफुलाई जानकारी नै नभई धम्कीपूर्ण एसएमएस आएपछि बैंक पुगेका दीपेन्द्र कंडेलले यस्तो मेसेज गर्नुको कारण मागेपछी बैंकले उनकी आमाले पत्र बुझेको कागज देखाएका थिए । त्यसपछि दिपेन्द्र कंडेलले आफ्नी आमालाई यस विषयमा फोन गरेपछि उक्त पत्रमा भएको दिपेन्द्र कंडेलकि आमाको हस्ताक्षर किर्ते भएको पत्ता लागेको थियो ।
बदमासी भएको प्रमाणित भयो, कर्मचारीलाई निलम्बन गर्दैछौँ : सीइओ
यता बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बैंकको गल्ती स्वीकारेका छन् । ‘दीपेन्द्रजी राम्रो क्लाइन्ट हुनुहुँदो रहेछ । हाम्रो स्यांग्जाको वालिङ शाखाका कर्मचारीले बदमासी गरेका रहेछन् । हामीले उनलाई स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण त दिए तर चित्त बुझ्दो छैन । हामीले उनलाई निलम्बनको तयारी गरेका छौँ ।’ अर्थ सरोकार डटकमसँग कुरा गर्दै श्रेष्ठले भने । उनका अनुसार यसरी हस्ताक्षर किर्ते गर्नु कसुरजन्य काम हो । ‘हो ! यो बैंकिङ कसुर नै हो । अब कानुनअनुसार कारवाही हुन्छ ।’ उनले भने ।
‘मसँग दिपेन्द्रजीलाई सरी भन्नुबाहेक विकल्प छैन, ध्यान नदिँदा गल्ती भयो 
यता बैंकका वालिङ शाखाका ब्रान्च मेनेजर मोति कुँवरले पनि आफ्ना कर्मचारीबाट गल्ती भएको स्वीकारेका छन् । ‘कर्मचारीबाट गल्ती भएछ । मैले पनि भेरिफाइ नगर्दा हामी चुक्यौं । ब्रान्च मेनेजरको जिम्मेवारीमा बसेर भन्दा मैले पनि यसको जिम्मा लिनुपर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘दीपेन्द्रजीको केहि गल्ती छैन । बैंककै साथीले गलत काम गर्दा उहाँले मिडिया गुहार्नु स्वाभाविक हो । म आफैं पनि उहाँको साथी हो । उहाँ अफ्ट्यारो स्थितिमा हुनुहुन्थ्यो । उहाँको बाबा बित्दा म पनि मलामी गएको छु । बैंकबाट जे भयो, गलत भयो । मसँग माफी माग्नुबाहेक कुनै विकल्प छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: