×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पनि बढ्यो बजार : २.४९ अंकले बढेको नेप्से १३४९.१३ विन्दुमा, कारोबार डेढ अर्व माथि

PRIME CA
GLOBAL IME BANK

सोमबार पनि बढ्यो बजार : २.४९ अंकले बढेको नेप्से १३४९.१३ विन्दुमा, कारोबार डेढ अर्व माथि

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार २.४९ अंकले बढेर १३४९.१३ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको  ४७ लाख ४८ हजार ८ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६१ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १० करोड ११ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्लोबल आईएमइ बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ ।
यता, सोमबार विकास बैंक, हाइड्रोपावर, म्युचुअल फण्ड र अन्य उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै गरिमा विकास बैंक र नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै मल्टिप्रपोज फाइनान्स कम्पनी र युनियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: