×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा कम्पनीहरुले चैत मसान्तसम्म बीमा शुल्क संकलन नगर्ने, बीमा अभिकर्ताहरुले लाइसेन्स भने नविकरण गर्न सक्ने !

काठमाडौं । सरकारले लकडाउनको घोषणा गरेसँगै जीवन बीमा कम्पनीहरुले बीमा शुल्क संकलन चैत मसान्तसम्म नगर्ने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रुपमा फैलिएका कारण बीमा कम्पनीहरुलाई बीमा समितिले चैत मसान्तसम्म बीमा शुल्क संकलन स्थगन गर्न निर्देशन दिएको हो । कोरोना भाइरसक कारण यतिबेला सर्वसाधारणहरु नै समस्यामा रहेकाले बीमा शुल्क संकलन स्थगन गरिएको  बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।

यस्तो अवस्था सहज भएपछि शुल्क तिर्न आउनेहरुसँग चैत्र महिनाको ब्याज समेत नलिन कम्पनीहरुलाई निर्देशन दिइएकोसमेत उनले जानकारी दिए । बीमा अभिकर्ताहरुले भने नविल बैंकमा दस्तुर जम्मा गरेर अभिर्ताको लाइसेन्स नविकरण गर्नपनि उनले बताए । 
बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि विद्युतिय माध्यमबाट प्रमाण लिन निर्देशन दिएको छ । विद्युतिय माध्यमबाट लिएको प्रमाणका आधारमा सर्भेयर खटाई तत्कालै भुक्तानी दिन पनि समितिले निर्देशन छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: