
पथरी (मोरङ) । लकडाउनको उल्लंघन गर्दै मोटरसाइकलसहितका सवारी साधान गुडिरहेपछि पथरीशनिश्चरे नगरपालिका-३ का विभिन्न सडक स्थानीयले बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि सडकमा बाँस राखेर बन्द गरिएको हो ।

पथरीशनिश्चरे-३ मा रहेको सामाजिक स्कुल पश्चिमवाट किरात चौक जाने बाटो, पिपलचौक पश्चिम झोलुङ्गे पुल हुदै किराँत चौक जाने बाटो, जनता मावि पश्चिम छिमेकी लाइन जाने बाटो स्थानीय युवाहरुले लकडाउनको समयसम्म बन्द गरेका हुन् । सरकारले तोकेको लकडाउनमा निर्वाध मोटरसाइकल र अन्य सवारीका साधन चलेर मानिस आवतजावत भइरहँदा कोरोना संक्रमण हुन सक्ने भएकाले सडक थुनिएको स्थानीय युवा सरोज तिम्सिनाले बताए । उनले भने ‘वडाअध्यक्ष डम्वर चेम्जोङ्गको अनुमतिमै बाटो बन्द गरिएको हो । अतिआवश्यक काम पर्दा मात्रै अनुमति लिएर सडकको ढाट खोलिने बताइएको छ।

यसैबीच पथरी प्रहरीले लकडाउनको अवज्ञा गरेको भन्दै पथरीशनिश्चरेको ऐयावारी, हनुमान चोक र मन्दिरलाइनबाट ५ वटा मोटरसाइकल को चाबी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिनुभयो । पथरीशनिश्चरे नगरपालिकाले पनि घर बाहिर ननिस्कन आग्रह गर्दै विभिन्न वडामा सचेतना कार्यक्रम गरिरहेको छ । उपमेयर यमुना विष्ट बाँस्तोलाको एक टोलीले घर बाहिर निस्किएका नगरबासीलाई घरमै बस्न आग्रह गर्दै सचेतना कार्यक्रम गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्