×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय सहकारीको निर्देशन : ‘सहकारी संस्थाको अत्यावश्यक सेवा प्रवाह नियमित रुपमा संचालन गर्नु’

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई अत्यावश्यक सेवा प्रवाह नियमित रुपमा संचालन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको त्रास बढेका बेला महासंघले आईतबार विज्ञप्ती जारी गर्दै सदस्यहरुलाई नियमित रुपमा सेवा संचालन गर्न निर्देशन दिएको हो ।
सहकारी सदस्यका लागि सदस्यकै व्यवस्थापनमा संचालन हुने भएकाले विषम परिस्थितीमा पनि सदस्यलाई अत्यावश्यक सेवा प्रवाह गर्न तयार रहनुपर्ने महासंघले उल्लेख गरेको छ ।
स्वास्थ्य सहकारीहरुलाई स्वास्थ्य सेवा, उपभोक्ता सहकारीहरुलाई उपभोक्ता र वित्तीय सहकारीहरुलाई आंशिक समय कार्यालय खोलेर भएपनि वित्तीय सेवा प्रदान गर्न भनेको छ । यसैगरी कार्यालय संचालन गर्दा अनावश्यक भिडभाड नगर्न तथा आवश्यक सुरक्षात्मक उपाय अपनाउन समेत अनुरोध गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: