×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सरकार यो सहकारी विभागलाई एक चम्चा बुद्धि देउ न ! यस्तो विपतका बेला २ लाख मानिसलाई घर बाहिर बोलाइरहेछ…’

  • समाचार टिप्पणी 
काठमाडौँ । कोरोनाको प्रकोपले पूरै विश्व आक्रान्त छ । देशभर त्रास छ । सरकारले पूरै देश लकडाउन गरेको छ । सबैजना घर बस्नुको विकल्प छैन । तर यहि बेला सहकारी विभाग भने सहकारी नचलाए देशनै डुब्छ जसरी सहकारीका कर्मचारीलाई ‘जे भए नि होस्’ भनेजसरी परिपत्र गरिरहेको छ ।
सहकारी विभागले चैत्र १६ गते जारी गरेको परिपत्र मान्ने हो भने कम्तिमा हरेक दिन २ लाखभन्दा वढी मानिसकाे देशभर आवागमन हुन्छ । के यो चिन्ताको विषय होइन ? सम्बन्धित निकायले सोच्न जरुरी छ ।  निर्देशित रुपमा सञ्चालन गर्नु वाहिय शुशासनकाे एउटा पक्ष हाे । स्व:दायित्व र स्व जिम्मेवारी लिएर संस्था सञ्चालन अर्को शुशासनकाे पक्ष हाे । वयक्तिक सदस्य शुशासित हुनु तेस्राे शुशासनकाे पक्ष हाे । यद्यपि निर्देशन आएपछि प्रशासकीय तालमेल मिलाउनु पनि त पर्ला  नि होइन र ? परिपत्र  कार्यनयनमा जानुभन्दा पहिला सबै सजग बन्नुपर्दैन र ?   सदस्यहरुलाई न्यायिक सेवा दिन तयार रहनुपर्छ तर केहि दिन सबै सहकारी बन्द गरे के बिग्रिन्छ ? पहाड खस्छ ? कि आकाश खस्छ ? 
बाँचियो भने न चलाउने हो सहकारी। 
त्यसैले सरकार यो सहकारी विभागलाई एक चम्चा बुद्धि देउ ! 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: