×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सन्तोष कोइराला बन्ने भए माछापुच्छ्रे बैंकको अवको सीइओ, काम गर्न, र दबाब थेग्न नसकेपछि ‘निकालिए’ सुमन शर्मा !

काठमाडौँ । ग्लोबल आइएमइ बैंक छोडेर माछापुच्छ्रे बैंकमा सीइओ बनेका सुमन शर्माले अन्तत: सञ्चालक समितिको दबाब थेग्न नसकेर बैंक छोडेका छन् । उनले पूरा कार्यकाल बिताउन सक्ने अवस्था निकै कम छ भन्ने यस अघि नै अर्थ सरोकारको विश्लेषणलाई पुष्टी गर्दै उनले बैंक छोडेका हुन् । केहि समय अघिदेखि सञ्चालक समिति उनीमाथि रुष्ट थियो भने उनले काम गर्न नसकेको चर्चा बैंकभित्र सुरु भएको थियो । अन्तत: उनी बैंकबाट बाहिरिएका छन् । २३ महिना बैंकमा काम गरेर उनी सञ्चालक समितिसामु ‘असक्षम’ताको बिल्ला भिरेर बैंकबाट निस्किएका हुन् ।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन्। कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारीको भूमिकामा थिए । उनले सोहि बैंकमा मात्रै कोइरालाले ७ वर्ष काम गरेका छन् । बैंक अफ काठमाण्डू, सानिमा बैंक हुँदै माछापुच्छ्रे बैंक गएका उनी बिगत २१ वर्षदेखि बैंकिङमा छन्। यसो त आफु सीइओ हुनकै लागि कोइरालाले यसअघि निरज श्रेष्ठलाई पनि बैंकबाट निकाल्न भूमिका खेलेको र यसपाली पनि त्यस्तै भूमिका खेलेको चर्चासमेत बैंकमा हुन थालेको छ । यद्यपी उनी धेरैमाझ मेहेनती बैंकरका रुपमा परिचित छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: