
काठमाडौँ । सम्पत्ति सुद्धिकरण विभागले व्यवसायी सुलभ अग्रवाललाई सामान्य तारेखमा छोडेको छ । आज अदालतले रिहा गर्न आदेश दिएपछि उनलाई प्रहरीले पक्राउ गरी विभाग पुर्याएको थियो ।
काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरी उनलाई रिहाइ गरेपनि उनलाई प्रहरीले पुन पक्राउ गरेको थियो । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।
व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो ।
भाेलि सार्वजनिक बिदा र पर्सि शनिबार भएकोले आज बेलुका सामान्य तारेखमा छोडिएको हो । उनी आइतबार बिहान हाजिर हुनुपर्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्