×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको तर्क, ‘आर्मी ब्यारेकभित्र कोरोना छिर्दैन भन्ने विश्वास छ, त्यसैले एटिएम कहिलेकाहींमात्र सफा गर्छौं’

LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको तर्क, ‘आर्मी ब्यारेकभित्र कोरोना छिर्दैन भन्ने विश्वास छ, त्यसैले एटिएम कहिलेकाहींमात्र सफा गर्छौं’

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

उदयपुर । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । तर त्यहि ठाउँमा अधिकांस बैंकले स्वास्थ्य सुरक्षामा ध्यान दिंदा सिटिजन्स बैंकले भने चरम लापरवाही देखाएको छ । एटिएम मेशिनमा न सेनिटाईजरको व्यवस्था छैन ।
यता बैंकको तर्क भने राख्ने ठाउँ नभएर नराखेको भन्ने छ । बैंकका धेरै ठाउँमा सेनिटाईजर नभएकोबारे बुझ्दा बैंककि प्रवक्ता उमङ्ग शर्माले राख्ने ठाउँ नभएकोले विभिन्न ठाउँका एटिएमहरुमा सेनिटाईजर नराखेको र गार्डलाई भनेको खण्डमा उपलब्ध हुने बताएका थिए । बैंकको लापरवाहीबारे सीइओ गणेश राज पोखरेलसँग कुरा गर्दा उनले आफ्ना ब्रान्च मेनेजरसँग थप जानकारी लिन भने । त्यसपछि हामीले सिटिजन्स बैंकका ब्रान्च मेनेजर विपिन पौडेलसँग कुराकानी गरेका छौं ।  
१. तपाईंको एटिएममा सेनिटाईजर छैन नि ?
हाम्रा दुइवटा एटिएम छन् उदयपुरमा। एउटा आर्मी ब्यारेकमा एउटा गाइघाटमा । आर्मीको ब्यारेकमा कहिलेकाहीं सेनिटाईज गर्छौं । अस्ति आइतबार जाने कार्यक्रम थियो, क्यान्सिल भयो । गाइघाटको ब्रान्चमा पनि कहिलेकाहीं गरेका छौं । हामी हाम्रो कस्टमरको स्वास्थप्रति संवेदनशील छौं ।
२. कहिलेकाहीं गरेर पुग्छ त ?
सधैं जान हामीले पास पनि त पाउनु पर्यो । स्टाफ थोरै छौं, सबै काम गर्नुपर्यो । त्यसमाथि आर्मीको ब्यारेकभित्र कोरोना सजिलै छिर्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ । जहाँसम्म गाइघाट ब्रान्चको कुरा छ, अव सधैं गर्नुपर्ने भए हामी पनि माथि माग गर्छौं, सोहि अनुसार गरौंला । अव सधैं राखेर पनि के गर्नु ? भन्दा लाज लाग्छ, चोरेर लैजान्छन् । ३५ वटा किनेर ल्याएको थिएँ, दुइटा चोरे अनि के राख्नु ?
३. एटिएमभित्रको सेनिटाईजरको सुरक्षा गर्न नसक्ने तपाईंको गार्डले पूरै एटिएमको सुरक्षा गर्छ त ?
यो त मान्छेको नियतको कुरा हो सर । 
४. तपाईंको एटिएम त कहिले चल्छ कहिले चल्दैन भन्ने गुनासो छ नि ! प्रवक्ताले सबै ठिक छ भन्नुहुन्छ, सीइओसापले बन्द छ भन्नुहुन्छ । खास के हो कुरा ?
सबैको कुरा ठिक हो । एटिएमको प्लेट बिग्रेर समस्या भएको हो । यहाँ टेक्निसियन नभएर बाहिरबाट बनाउनुपर्यो । कहिलेकाहीं चल्छ, कहिले चल्दैन । प्रवक्ताज्यूको कुरा पनि ठिक हो । चल्न त चलेकै छ । धेरै नचलेपनि । सीइओ सरको कुरा पनि ठिक हो, अव पूरै चल्नुपर्ने चीज अलि अलि नचलेपछि चलेको छैन भन्नु पनि ठिक हो । यस्तै छ ।
५. सिटिजन्स बैंकको सेवा प्रति सबैको गुनासो छ नि, किन यस्तो भयो ?
खै ! हामीलाई किन गुनासो हुन्छ थाहा छैन । राष्ट्रिय वाणिज्य बैंकको पूरै सेवा बन्द छ कसैलाई गुनासो हुँदैन । चासो हुँदैन । हामीले त सेवा दिइरहेका छौं । एटिएम त अब टेक्निकल कुरा हो, बिग्रिहाल्छ नि ।
(उनीसँग गरिएको कुराकानी हाम्रो आगामी टेलिभिजनकार्यक्रम  कार्यक्रममा प्रस्तुत गर्नेछौँ। )
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी