×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Zero: १२ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा सिटिजन्स बैंकको चरम लापरवाही, संक्रमणको उच्च जोखिम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

Ground Zero: १२ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा सिटिजन्स बैंकको चरम लापरवाही, संक्रमणको उच्च जोखिम !

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
उदयपुर । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । तर त्यहि ठाउँमा अधिकांस बैंकले स्वास्थ्य सुरक्षामा ध्यान दिंदा सिटिजन्स बैंकले भने चरम लापरवाही देखाएको छ । एटिएम मेशिनमा न सेनिटाईजरको व्यवस्था छैन ।
यता बैंकको तर्क भने राख्ने ठाउँ नभएर नराखेको भन्ने छ । बैंकका धेरै ठाउँमा सेनिटाईजर नभएकोबारे बुझ्दा बैंककि प्रवक्ता उमङ्ग शर्माले राख्ने ठाउँ नभएकोले विभिन्न ठाउँका एटिएमहरुमा सेनिटाईजर नराखेको र गार्डलाई भनेको खण्डमा उपलब्ध हुने बताएका थिए । तर संक्रमण पुष्टी भएकै दिन अर्थ सरोकारका प्रतिनिधि त्यहाँ जाँदा त्यहाँ कोहि सुरक्षाका लागि थिएनन् । केहि दिनअघि एटिएममा स्वास्थ्य सुरक्षास्थिति के छ भनेर बुझ्न जाँदा सिटिजन्स बैंकको एटिएम निकै लापरवाही ढंगले राखिएको थियो ।

प्रवक्ता, सीइओ र ब्रान्च मेनेजरकै कुरा बाझियो !
यता उदयपुरमा रहेका दुइ एटिएमहरुमध्येको एक गाईघाट बजारको एटिएम  बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलका अनुसार प्राविधिक समस्या आएका  कारण एक हप्तादेखि बन्द छ । यता बैंककि प्रवक्ता उमङ्ग शर्मा ३ दिन अघिसम्म बैंकका कुनै पनि एटिएममा समस्या नरहेको दाबी गरिरहेकी थिइन् ।  यता ब्रान्च मेनेजर भने घरी एटिएम चलेको छ भन्छन् घरी अलि अलि समस्या छ भन्छन् । 

यता एटिएममा सेनिटाईजर नराखिएको कुरामा भने बैंक मेनेजरको तर्क अचम्मको छ । ‘हाम्रा दुइ एटिएमहरुमध्ये आर्मी ब्यारेक भित्रको एटिएम हप्ताको एक दिन सेनिटाईज गर्छौं । गाइघाटको पनि पैसा राख्नुअघि पुच्छ्ने काम गर्छौं । ‘अनि हप्तामा एकपटक गरेर हुन्छ त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छ न्, ‘आर्मी ब्यारेकभित्र कोरोना छिर्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ ।’     

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी