
महेन्द्रनगर । कञ्चनपुरमा चैत्र २३ गतेदेखि दैनिक दुई घण्टा बैंक खुल्ने भएका छन् । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउन व्यवस्थित गर्दै प्रशासनले चैत्र २३ गतेदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा बैंक खोल्ने निर्णय गरेको हो । ‘भिड नगर्ने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्था गर्ने शर्तमा बैंक खोल्ने अनुमति दिइएको छ ।’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले लकडाउनलाई व्यवस्थित गर्न विभिन्न सात निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले कुखुराको दाना ढुवानीका लागि साँझ ८ बजेपछि रातको समय तोकेको छ । यस्तै भिडभाड नहुने गरी स्थानीय तह र सुरक्षा निकायसंग आवश्यक समन्वय गरी किसानहरुले गहुँ काट्न र थ्रेसर चलाउन पाउने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार डायलासिसका गर्नु पर्ने बिरामीको लागि सवारी पास नचाहिने र बिहिवारदेखि अस्पतालको र्पुीको आधारमा बिरामी तथा बिरामीको एक जना सहयोगीलाई सहज रुपमा आवागमन गर्न दिइने छ ।
दैनिक उपभोग्य वस्तु भने स्थानीय तहहरुमा सञ्चालनमा रहेका घुम्ती सेवालाई लिन सक्ने छन् । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै चैत्र १० गतेदेखि अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्