×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज, हेर्नुहोस् सुचिसहित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज, हेर्नुहोस् सुचिसहित

Artha Sarokar

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर बसेका तर सञ्चालन हुन नसकेका ५० उद्योगको अनुमति खारेज गरेको छ । अनुमति लिने तर उद्योग निर्माण नगर्ने अनि अनुमतिपत्र खरिद बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो । 
उद्योग विभागमा दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्कविहीन हुने परिपाटी बढेसँगै अनुमति खारेज गरिएको निगमले जनाएको छ । यसबीचमा कुल ५३ उद्योगले एलपी ग्यास बिक्री गर्न अनुमति मागेका थिए । निगमले अनुमति पाएको उद्योगलाई तत्काल सञ्चालनमा आउन यसअघि ३ पटकसम्म सूचना जारी गरेको थियो । पटकपटक सूचित गराउँदा पनि ती उद्योगहरु सम्पर्कमा नआएको निगमको भनाई छ ।
निगमबाट उद्योग सञ्चालनका लागि सैद्धान्तिक सहमति लिएका तर सञ्चालनमा नआएका केही उद्योग यसअघि नै खारेजीमा परिसकेका छन् । खारेजी गरिएकामध्ये केही उद्योगका शाखा पनि रहेका छन् । खारेजीमा परेका उद्योगमा सुदूरपश्चिम एलपी ग्यास उद्योग, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रर्पोज, एचएच कम्पनी, वर्षा ग्यास, जेपी ग्यास, एसियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यासलगायतका रहेका छन् । 
नयाँ ३ उद्योगलाई पीडीओ अनुमति
अनुमति लिई सञ्चालनमा आएका ३ उद्योगलाई निगमले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ)अनुमति दिएको छ । कैलालीको अत्तरियामा रहेको सैपाल ग्यास, नवलपरासीको सगरमाथा ग्यास (शाखा) र धादिङको सीता ग्यास उद्योगलाई पीडीओ प्राप्तिका लागि अनुमति दिइएको हो । 
यी ३ उद्योगले निर्माण सम्पन्न गरी कारोबार स्वीकृतिका लागि निगमसँग अनुरोध गरेको छ । नयाँ ३ उद्योगले अनुमति पाएसँगै नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगको संख्या ६२ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी