×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वाेच्च अदालतका न्यायधीशहरुले १५ दिनको तलब कोरोना कोषलाई सहयोग गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सर्वाेच्च अदालतका न्यायधीशहरुले १५ दिनको तलब कोरोना कोषलाई सहयोग गर्ने

Artha Sarokar

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित २० न्यायाधीशहरुले कोरोना कोषमा १५ दिनको तलब जम्मा गर्ने भएका छन् । कोरोनासंग लड्न सरकारले स्थापना गरेको उक्त कोषमान्यायाधीशहरुले आफ्नो १५ दिनको तलब जम्मा गर्ने भएका हुन् । सरकारले गरेको अपिललाई ध्यानमा राख्दै शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आफ्नो मातहत अदालतहरु तथा न्यायाधिकरणहरुमा कार्यरत न्यायाधीशहरुलाई पनि राहत पत्र पठाउने निर्णय गरेको छ । 
सर्वोच्चका अनुसार अदालतमा सामान्य काम कारवाही अहिले बन्द भए पनि वैयक्तिक स्वतन्त्रता सम्बन्धी विषय र अत्यावश्यकीय सेवाहरु जस्तै, बन्दीप्रत्यक्षीकरण, अभियोगपत्र दर्ता बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र म्याद थप तथा महामारीसँग सम्बन्धित निवेदन, रकम तिरि कैदबाट छुटन दिने निवेदन र बालबालिका जिम्मा दिनेसम्बन्धी निवेदनमा काम/कारबाही भने भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी