Skip to content
LAXMI SUNRISE BANK

रसायनिक मलको कालोबजारी गर्ने सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटे

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुली । लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् ।
रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको आरोपमा प्रहरीले गत वैशाख २४ गते दाहाललाई पक्राउ गरेको थियो । वैशाख ३१ गते धरौटी रकम जम्मा गरेपछि दाहाललाई छाडेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
प्रहरीले सहकारीको गोदामसमेत सिल गरेको थियो । नेपाल सरकारबाट सिन्धुलीका कृषकलाई बिक्री गर्न अनुदानमा आएको युरिया मलको मूल्यवृद्धि गरी बेचेको र जिल्लाका किसानलाई बिक्री नगरी रामेछापको एक सहकारीलाई बैच्दै गरेको अवस्थामा प्रहरीले सञ्चालक दाहाललाई पक्राउ गरेको थियो ।
अनुदानमा आएको ५० केजीका ८४० बोरा युरिया मल उक्त सहकारीका सञ्चालक दाहालले सिन्धुली जिल्लाका कृषकलाई बिक्री वितरण नगरी १७० बोरा युरिया मल प्रगतिशील कृषि सहकारी संस्था रामेछापलाई बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले गोदाम नै सिल गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK