- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पाकिस्तानका नेसनल एसेम्बलीका सभामुख असद केसरमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छ। उनले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँगको भेटघाट गरेका थिए ।
उनका छोराछोरीको पनि रिपोर्ट पनि पोजिटिभ आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।