
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उदयपुरको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार बिहीबार(हिजो) जिल्लाको बेलका नगरपालिकाको रामपुरमा २६ र सोही नपाको मैनामैनीमा २५ गरी कूल ५१ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । ती सबै नमूना परीक्षणका लागि प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको हो ।
बेलकाको मैनामैनीलाई जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले खतरायुक्त स्थानको रूपमा सूचीकृत गरेको कारण पनि मैनामैनी र बेलकामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । त्यसैगरी जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको भुल्के, गाईघाट, बोक्से, मोतिगडा क्षेत्रका ८३ जनाको स्वाब नमूना .सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाएकामा ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य व्यक्तिको रिपोर्ट आउन बाँकी छ ।
बिहिबार(हिजो) ५७ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी अन्यको आज साँझसम्ममा रिपोर्ट आउन सक्ने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यलय उदयपुरका टोली र बेलकाका स्वास्थ्यकर्मीसहित १० जनाको टोलीले स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्