
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सर्वोच्च अदालतले भेटेरिनरी सेवालाई आवश्यक सूचीमा राख्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले बिहीबार उक्त आदेश जारी गरेको हो ।
नेपाल भेटेरिनरी एशोसिएसनको तर्फबाट अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले भेटेरिनरी सेवालाई पनि आवश्यक सेवाको सूचीमा राख्न सरकारको नाममा अन्तरिम आदेश माग गर्दै गत २८ वैशाखमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । कोरोना भाइरस संक्रमण रोक्न सरकारले देशव्यापी लक डाउन गरेलगत्तै भेटेरिनरी सेवा पनि बन्द हुन पुगेको थियो । लक डाउनकै समयमा भएको सर्वोच्चको आदेशपछि अब पशु उपचार सेवा सञ्चालन हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्