
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सोमबार एका बिहानै विरेन्द्र ओझा (नाम परिवर्तन) अस्पताल जान भन्दै धनगढीको क्याम्पस चौक पुगे । बाटोभरी ई-रिक्सा देखिन्थे तर उनि खोइ अरु नै कुनै रिक्साको खोजिमा थिए । उनको छटपटाहट र चिन्तित अनुहार देखेर हामीले सोधेको प्रश्नमा उनले भने, “अटो त धेरै छन् सर तर १५ रुपैयाँ लाग्ने ठाउँसम्मको भाडा १५० भन्दैछन् ।”
कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखी गरको लकडाउनमा धनगढीका व्यापार, व्यवसायका साथै ई-रिक्सा पनि ठप्प बनेका थिए । तर अहिले लकडाउन खुकुलो भएसँगै धनगढीमा एकाएक ई-रिक्साको चाप बढेको छ । “रिक्सा चलाउन त पायौँ तर मान्छेहरु खासै बस्न मन गर्दैनन्, बसीहालेपनि २ जनाबाहेक बढी चढ्दैनन्”, धनगढीका एक रिक्सा चालकले भने ।
लकडाउनमा ई-रिक्सा चालकहरुले अन्य समयको भन्दा अधिक भाडा लिने गरेको गुनासो लिएर अर्का एक रिक्सा चालक सुन्दर चौधरीकहाँ पुग्यौँ । उनले जवाफ दिदै भने, “ई-रिक्सा चार्ज गर्दा दैनिक दुई देखी ढाईसय सम्म आउँछ, पहिला पहिला १००० देखी १५०० सम्म आम्दानी हुन्थ्यो तर आजभोली भने ५०० पनि मुस्किलले आउँछ । ४ जनाभन्दा बढी यात्रु बोकेर हिँड्दा प्रहरीले कारबाही गर्ला कि भन्ने डर नबसाले दैनिकी नै चल्दैन । बाध्य भएरपनि केहि अतिरिक्त शुल्क लिएका हौँ ।”
लकडाउन खुकुलो भएप्रश्चात धनगढी बजारमा चहलपहल बढी नै भएको भएतापनि चहलपहल अनुसारको व्यापार नभएको गुनासो भने जिउँको तिउँ नै छ । सरकारले लकडाउन खुकुलो पारेसँगै धनगढीमा ई-रिक्साको चाप बढ्दो ! हेर्नुहोस् फोटो फिचरमा…





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्