×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेको विनायक सहकारीको ठगी : ‘सावाँ-ब्याज दुवै खाइदियो’, लाजै पचाएर भन्छ, ‘समस्यामा फस्यौं, विस्तारै दिन्छौँ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

काभ्रेको विनायक सहकारीको ठगी : ‘सावाँ-ब्याज दुवै खाइदियो’, लाजै पचाएर भन्छ, ‘समस्यामा फस्यौं, विस्तारै दिन्छौँ’

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा रहेको विनायक सहकारी संस्थाले आफुलाई ठगी गरेको भन्दै निक्षेपकर्ताहरु जागेका छन् । ब्याजको त कुरै छोडौं, सहकारीले सावाँ पनि खाइदिने भएपछि निक्षेपकर्ता जागेका हुन् । सहकारीमा आफुले राखेको पैसासमेत सहकारीले नदिएपछि कुनै विकल्प नरहेको अवस्थामा निक्षेपकर्ताहरु यसरी सहकारीका विरुद्ध जागेका हुन् । तर पीडामा परेका निक्षेपकर्ताहरुलाई प्रहरी र स्थानीय निकायले समेत असहयोग गरेको उनीहरुको दुखेसो छ ।
प्रतिनिधि एक उदाहरण, जसलाई दिनुसम्म सास्ती दियो सहकारीले
एउटा उदाहरण -जिल्लाको नमोबुद्ध -१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले विनायक सहकारी संस्थामा खाता खोली कारोबार गर्दै आएका थिए । तर उक्त सहकारीले उनैलाई दिनुसम्म दुख दिईरह्यो । घटना गत मंसिरको हो । सामान्य खेतीकिसानी गरी उनले विनायक सहकारीमा झन्डै दुई लाख रुपैयाँ बचत गरेका थिए । आफ्नो घर किन्ने आशै आशले खाईनखाई जम्मा गरेको पैसा सहकारीबाट सजिलै पाइन्छ भने सोचमा थिए । तर परिस्थिती उनको सोचेको भन्दा निकै फरक भयो । घोरसाइनेले आफुले जम्मा गरेको र व्याज गरेर २ लाख भन्दा धेरै पैसामा आशमा गत मंसिरमा पैसा लिन उनि सहकारीमा पुगे । तर उनले ब्याज त के, आफ्नो निक्षेप पनि पाउन सकेनन् । अहिलेसम्म उनी आफ्नो पैसा लिन सहकारीमा धाइरहेका छन् तर सहकारीले विभिन्न बाहना बनेर उनलाई छल्न खोजिरहेको छ । 
‘मैले जम्मा गरेको पैसाले घर पास गर्छु भनेको थिए, तर मेरो दुख गरी कमाएर जम्मा गरेको पैसा सहकारीले दिइरहेको छैन’ उनले भने ‘मलाई सहकारीले दिनुसम्म दुख दियो, मैले त्यो पैसा घरसमेत पास गर्न सकेन ।’ उनी अगाडी थप्छन् ‘अहिले जग्गा चाँही जसरी पनि पास गर्नुपर्ने भएकाले गाउँबाट २४ प्रतिशत ब्याजमा ऋण लिएर जग्गा पास गरेको छु ।’ घोरसाइने अहिले पनि आफ्नो रकम फिर्ता पाइने आशले सहकारीमा धाइरहेका छन् । यसरी पटक-पटक गएपछि सहकारीले उनका हातमा सिभिल बैंकको एक लाख ९० हजार रुपैयाँको चेक काटेर थमाईदियो । उक्त चेकले घोरसाइनेलाई झन् तनाबमा पारेको छ । चेकमा गरेको हस्ताक्षर नमिलेको भन्दै बैंकका कर्मचारीले उनलाई उल्टै फर्काइदिएपछि सहकारी कुन हदसम्म टाँट पल्टेको छ भन्ने उनलाई बुझ्न गाह्रो भएन । चेक नसाटिएपछि उनीले जिल्ला प्रहरी काभ्रेमा उजुरी पनि दिए । तर उनको मुद्धाको सुनुवाई हुन सकेन । यसरी सहकारी दु :ख दिईरहँदा न्याय पाउने आशले उनी स्थानीय सरकारदेखि प्रहरीसम्मक ढोकामा पुगे । तर न्याय पाउनु त परेको कुरा, उनका गुनासासमेत कसैले सुनेनन् । 
सहकारी लाजै पचाएर भन्छ -‘ समस्यामा फस्यौं, विस्तारै फिर्ता दिन्छौँ’ 
यता विनायक सहकारी संस्थाका व्यवस्थापक रामसुन्दर कार्की अहिले नगदको समस्या हुँदा निक्षेपकर्ताको पैसा दिन नसकिएको दाबी गर्छन् । निक्षेपकर्तालाई दुख दिने मनसाय नरहेको बताउँदै उनी लकडाउनका कारण निक्षेप नउठ्दा भुक्तानी दिन नसकिरहेको र उठ्ने बित्तिकै रकम भुक्तानी दिने बताउँछन् । तर सहकारी काभ्रेभर यति कुख्यात भएको छ कि यहाँ निक्षेप राख्न कोहिपनि आउन सक्ने अवस्था नरहेको स्थानीयहरुको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: