×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङजामा एकैदिन थपिए २२ संक्रमित, २ संक्रमित क्वारेन्टाइनका सफाइ कर्मचारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्याङजामा एकैदिन थपिए २२ संक्रमित, २ संक्रमित क्वारेन्टाइनका सफाइ कर्मचारी

Artha Sarokar

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
स्याङजा । स्याङ्जा थप २२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका सङ्क्रमितमध्ये २ जनामा क्वारेन्टाइनका सफाई कर्मचारी भएको खुलेको छ । गल्याङ नगरपालिका बहुमुखी क्याम्पसमा सरसफाई गर्ने २ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
श्रीमान् श्रीमती नै सरसफाई गर्दै आएकोमा दुवैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । क्वारेन्टाइनमा सरसफाई गर्दै आइरहेका उनीहरु बजारमा निरन्तर हिँडडुल गर्नुका साथै नगरपालिकाका कर्मचारीहरुसँग पनि सम्पर्कमा रहेको बताइएको छ । सरसफाई कर्मचारी धेरैको सम्पर्कमा रहेकाले अरुमा धेरैमा सङ्क्रमण फैरिएको हुनसक्ने भन्दै गल्याङका स्थानीयमा त्रास छाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी