
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सौर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडकि कर्मचारीले आत्महत्या गरेकी छिन् । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले इन्गेजमेन्टको अघिल्लो दिन पूर्वप्रेमीले फोटो र मेसेज फैलाएपछि उनले आत्महत्या गरेकी हुन् । उनी सो सहकारीमा काम गर्दै महेन्द्र मोरङ बहुमुखी क्याम्पस बिराटनगरमा पढ्दै आएकी थिइन् । उनको विराटनगर–३ का २८ वर्षीय युवकसँग मागी विवाहको टुङ्गो लागेको थियो ।
तर उनको आत्महत्या नभएर आत्महत्या दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि अहिले यो घटना बाहिर आएको छ । मृतककी बहिनी सरीता पोखरेलको जाहेरीका आधारमा आत्माहत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा लिईसकेको छ ।
तीनवर्षदेखि उनी मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् । विवाह गर्नका लागि उनले आफ्ना प्रेमीसँग बारम्बार आग्रह र अनुरोध गरेकी थिइन् । दुवैजना महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नै पढ्थे ।तर, श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका सबिनले उनीसँग तत्काल विवाहको सहमति दिन सकेनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहकै आधारमा अर्कै केटासँग मागि विवाह गर्ने निचोड निकालिन् र सोमबार फुलमाला र असार १४ गते विवाह बन्धनमा बाँधिने निर्णयमा दुवै परिवार पुगेको थियो ।
त्यसपछि उनको विवाह निष्कर्षमा उनले आफुसंगका पूराना तस्विरहरु फैलाउन थिए । तस्विर सबैतिर फैलिएपछि उनी आत्महत्याको निष्कर्षमा पुगेकी थिइन् । अहिले प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । अभियुक्त पराजुलीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्