
- अर्थ सरोकार सम्बाददाता
उदयपुर । उदरमा ४ महिलासहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा क्वारेन्टिनमा बस्दै आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतको दिल्लीबाट आएका त्रियुगा नगरपालिका–९ गहिरुनका ३० वर्षीय महिला, दिल्लीबाट आएका त्रियुगा नगरपालिका–१० बोक्सेका ५३ वर्षीय महिला, बैदेशिक रोजगारीमा कुबेतबाट आएका त्रियुगा नगरपालिका–६ जलजलेका ३० वर्षीय महिला, बैदेशिक रोगजारीमा कुबेत पुगेर आएकी त्रियुगा नगरपालिका– ४ बगाहाकी ३८ वर्षीय महिला, भारतको युपिबाट जोगबनी नाका हुँदै आएका त्रियुगा नगरपालिका– ६ का ३५ वर्षीय पुरुष, दिल्लीबाट जोगबनी नाका हुँदै भित्रिएका त्रियुगा नगरपालिका– १० बोक्सेका २६ वर्षीय पुरुष, कुबेतबाट आएका त्रियुगा नगरपालिका– २ मोतियाहीका ३० वर्षीय पुरुष र बैदेशिक रोजगारीमा दुबई पुगेर आएका त्रियुगा नगरपालिका– ८ चुहाड्का २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।
उनीहरु असार ९ गते कुबेत, दुबई भारतको दिल्ली, युपिबाट बिभिन्न नाकाबाट उदयपुर प्रबेश गरेका थिए । उदयपुरमा कोरोना भाईरस ९कोभिड –१९० नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका मात्र कोरानो संक्रमण पुष्टि भएका हुन ।
अहिलेसम्म उदयपुरमा १३ जना महिलासहित ५९ जनामा कोरोना पुष्टि भएको थियो । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्