
काठमाडौँ । निजी क्षेत्रका उद्योगीले अब आउने मौद्रिक नीतिमा व्याजदरका विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेट जत्तिकै महत्वपूर्ण भएको बताउँदै सबै क्षेत्रलाई राहत मिल्ने गरी ल्याउनुपर्ने बताउनुभयो ।
अबको तरलताको व्यवस्थापनका लागि मुख्य आशा नै मौद्रिक नीति भएको बताउँदै उहाँले मौद्रिक नीतिमा मुख्यतः पुनःकर्जा, व्याजदर र पुनःसंरचनालाई जोड दिनुभयो । नेपाल बैंकर्स एशोसिएनका पूर्वअध्यक्ष तथा नेपाल बङ्गलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भए पनि अपेक्षा पूरा नभएको भन्दै गुनसो गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुनःकर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेसम्म सबै क्षेत्रका विज्ञको सुझाव लिने काम भइसकेको छ, सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी नै मौद्रिक नीति आउँछ ।”
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकाले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक हुनुपर्ने बताउनुभयो । नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्ने उहाँको भनाइ छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्